बालकुमारी मन्दिरबाट हराएको मूर्ति खोजीमा मन्त्री भुसालको चासो

काठमाडौँ । ललितपुर महानगरपालिका २७ को सुनाकोठीस्थित बालकुमारीको मन्दिरबाट हराएको मूर्ति सक्रियतापूर्वक खोजी गर्न गृहमन्त्री बालकृष्ण खाँडलाई त्यहाँका जनप्रतिनिधिसहितको टोलीले ज्ञापन पत्र बुझाएको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालको नेतृत्वमा आज गृह मन्त्रालय पुगेको टोलीले मूर्ति चोरीको घटनालाई प्रमुख प्राथमिकता साथ खोजी तथा अनुसन्धान गर्न ज्ञापनपत्र बुझाएको हो ।
गृहमन्त्री खाँडलाई बुझाइएको ज्ञापन पत्रमा भनिएको छ, कुनै विलम्ब नगरी केन्द्रीय अनुसन्धान महाशाखाबाट तत्काल उक्त चोरीको सुक्ष्मभन्दा सुक्ष्म तवरले खोजी तथा अनुसन्धान गर्न आग्रह गर्दछौँ । मूर्ति चोरीमा संलग्नलाई पक्राउ गरी चोरीको महलमात्र नभई प्रचीन स्मारक संरक्षण ऐन २०१३ अनुसार हदैसम्म कारबाही गर्न हामी स्थानीयवासीहरू जोडदार माग गर्दछौँ ।
यही माघ ८ गते राति पुरातात्विक महत्वको बालकुमारी माताको मूर्ति चोरी भएको थियो । मूर्तिलाई लगाई दिएको सुनका गरगहनामेत चोरी भएको थियो । मूर्ति चोरी हुँदा सुनाकोठीका बासीन्दाहरू अत्यन्त मर्माहत भएको उल्लेख गर्दै ज्ञापनपत्रमा भनिएको छ, हामीहरूको आस्था र विश्वासको रुपमा रहेको मूर्ति चोरीका घटनाले धर्म, संस्कृति, परम्परा र रितीरिवाजमा ठूलो क्षति हुन गएको छ ।
स्थानीयवासीले मूर्ति चोरी भएको जानकारी दिनासाथ स्थानीय प्रशासनको साथमा आफूले घटनास्थलको निरीक्षण गरेको जानकारी गराउँदै मन्त्री भुसालले स्थानीय जनताको आस्थाको मूर्ति खोजी कार्यलाई प्रभावकारी तुल्याउन गृहमन्त्री समक्ष आग्रह गरिन् । उनले केन्द्रीय अपराध अनुसन्धान महाशाखाबाट घटनाबारे अनुसन्धान गर्न र स्थलगत निरीक्षण गर्न गृहमन्त्रीलाई आग्रह गरे ।
मन्त्री भुसालको नेतृत्वमा गएको टोलीमा प्रदेशसभा सदस्य द्वय राजकाजी महर्जन र दिनेश महर्जनसहित गुठी मूल नायोमा नन्दबहादुर महर्जन, कृष्णहरि महर्जन, ललितपुर महानगर २७ का अध्यक्ष बाबुराजा महर्जन महर्जन र वडा नं २६ का वडा अध्यक्ष सुरेश महर्जनसहितको सहभागिता थियो ।

















सिद्धार्थनगर नगरपालिकाद्वारा फोहोरलाई वर्गीकरण गर्न आग्रह
वार्षिक परीक्षा नसकिँदै निजी विद्यालयमा भर्ना सुरु
निर्वाचन हुन्छ कि हुन्न भन्ने अन्योलको वातावरण चिरेर सम्पन्न गरायौँ : आयुक्त भण्डारी
संविधानको धारा ७६ (१) अनुसारको सरकार गठन हुँदै
झापाका समाजसेवी न्यौपाने मृतावस्थामा फेला
रास्वपाकाे सांसद अभिमुखीकरण कार्यक्रममा मोबाइल निषेध, आफन्त पनि प्रतिबन्ध
श्रीराम ग्यास उद्योगको गोदाममा लुकाएको छ हजार सिलिन्डर बरामद
सुर्खेतमा दुई छोराछोरीसहित आमा सम्पर्कविहीन, भेरी किनारमा भेटियो मोबाइल र झोला
अब राष्ट्रिय परिचयपत्रका आधारमा स्वास्थ्य बीमा सेवा
रवि लामिछाने अस्पतालबाट डिस्चार्ज
प्रतिक्रिया