पानीमा डुबेर बालकको मृत्यु
मेरोन्यूज
२०७८ माघ २० गते १८:४१
उदयपुर । उदयपुरको त्रियुगा नगरपालिका ७ स्थित नहरमा डुबेर तीन वर्षीय बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा दोलखा घर भई त्रियुगा नगरपालिका ७ स्थित बस्दै आएका मधुसूदन अधिकारीका छोरा लेखनाथ अधिकारी रहेको जिल्ला प्रहरी कार्यालय उदयपुरका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक वेदप्रसाद गौतमले जानकारी दिए ।
दिउँसो १ बजे त्रियुगा खोलाको नहरमा खेल्ने क्रममा अचानक पानीमा डुबेर अचेत अवस्थामा आमाले फेला पारी तत्काल उपचारको लागि जिल्ला अस्पताल उदयपुरमा लगिएकोमा अस्पतालले उनलाई मृत घोषणा गरेको हो । घटना सम्बन्धमा जिल्ला प्रहरी कार्यालय उदयपुरबाट थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
सम्बन्धित











सप्तरीका दुई स्थानीय तहका विद्यालयमा बिदा
पूर्वगृहमन्त्री लेखकले आज जाँचबुझ आयोगमा बयान दिने
प्रतिनिधिसभा निर्वाचन : भोजपुरमा एक लाख २५ हजार सात सय ६६ मतदाता कायम
नेपाल राष्ट्र बैंकले आजका लागि निर्धारित गरेकाे विदेशी मुद्राको विनिमयदर
पुस १४ गते साेमवारकाे राशिफल,कस्ताे रहला तपाइकाे आजकाे दिन ?
बंगलादेश प्रिमियर लिगमा आज सन्दीपको टिमले पहिलो खेल खेल्दै
पुष १२ गते शनिवारकाे राशिफल, तपाइकाे आज दिन शुभ रहाेस्
देश अब नयाँ शिराबाट अगाडि बढ्छः मन्त्री घिसिङ
महाधिवेशन विवाद : कांग्रेस कार्यसम्पादन समितिको बैठक बस्दै
मन्त्रिपरिषद् बैठकः विभिन्न जिल्लाका नौ स्थानमा इलाका प्रशासन कार्यालय स्थापना गर्ने
प्रतिक्रिया