पानीमा डुबेर बालकको मृत्यु
मेरोन्यूज
२०७८ माघ २० गते १८:४१
उदयपुर । उदयपुरको त्रियुगा नगरपालिका ७ स्थित नहरमा डुबेर तीन वर्षीय बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा दोलखा घर भई त्रियुगा नगरपालिका ७ स्थित बस्दै आएका मधुसूदन अधिकारीका छोरा लेखनाथ अधिकारी रहेको जिल्ला प्रहरी कार्यालय उदयपुरका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक वेदप्रसाद गौतमले जानकारी दिए ।
दिउँसो १ बजे त्रियुगा खोलाको नहरमा खेल्ने क्रममा अचानक पानीमा डुबेर अचेत अवस्थामा आमाले फेला पारी तत्काल उपचारको लागि जिल्ला अस्पताल उदयपुरमा लगिएकोमा अस्पतालले उनलाई मृत घोषणा गरेको हो । घटना सम्बन्धमा जिल्ला प्रहरी कार्यालय उदयपुरबाट थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
सम्बन्धित

















सिद्धार्थनगर नगरपालिकाद्वारा फोहोरलाई वर्गीकरण गर्न आग्रह
वार्षिक परीक्षा नसकिँदै निजी विद्यालयमा भर्ना सुरु
निर्वाचन हुन्छ, कि हुन्न भन्ने अन्योलको वातावरण चिरेर प्रतिनिधिसभा सदस्य निर्वाचन सम्पन्न गरायौँः कार्यवाहक प्रमुख निर्वाचन आयुक्त भण्डारी
संविधानको धारा ७६ (१) अनुसारको सरकार गठन हुँदै
झापाका समाजसेवी न्यौपाने मृतावस्थामा फेला
रास्वपाकाे सांसद अभिमुखीकरण कार्यक्रममा मोबाइल निषेध, आफन्त पनि प्रतिबन्ध
सुर्खेतमा दुई छोराछोरीसहित आमा सम्पर्कविहीन, भेरी किनारमा भेटियो मोबाइल र झोला
श्रीराम ग्यास उद्योगको गोदाममा लुकाएको छ हजार सिलिन्डर बरामद
अब राष्ट्रिय परिचयपत्रका आधारमा स्वास्थ्य बीमा सेवा
रवि लामिछाने अस्पतालबाट डिस्चार्ज
प्रतिक्रिया