जग्गा कारोबारीबीच विवाद हुँदा हत्या, गाडिएको अवस्थामा शव फेला
काठमाडौँ । ललितपुरको गोदावरी नगरपालिका १२ धापाखेलमा खाल्डो खनेर गाडेको अवस्थामा पुरुषको शव फेला परेको छ । घरको किनारमा खाल्डो खनेर पुरिएको अवस्थामा तेह्रथुमका ६२ वर्षीय मोहन लिम्बुको शव फेला परेको हो । उक्त घर अनिलले मासिक ३० हजार रुपैयाँमा भाडामा लिएका थिए ।
गत माघ १२ र १३ गते मोरङको धनपालथान गाउँपालिका ७ स्थित उखुबारीमा २ जनाको शव फेला परेको थियो । यससँगै एउटै समूहले मोरङमा दुई जना र ललितपुरमा एक जनालाई मारेको निष्कर्ष प्रहरीले निकालेको छ ।
उखुबारीमा शव फेला परेको घटनाको अनुसन्धानका क्रममा काठमाडौँबाट एक जना पक्राउ परेका थिए । पक्राउ परेका व्यक्तिले दिएको सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय मोरङका डीएसपीसहितको टोली काठमाडौँ आएको थियो ।
मोरङ प्रहरीको टोली र महानगरीय अपराध महाशाखाको संयुक्त टोलीले धापाखेलमा एउटा घरपछाडि खाल्डो खनेर गाडिएको अवस्थामा शव फेला पारेको हो । मोरङमा फेला परेको शव काठमाडौँ बस्दै आएका शम्भु चौधरी र भक्तपुर घर भई धरान बस्दै आएका ३९ वर्षीय राजेन्द्रकुमार श्रेष्ठको भएको खुलेको थियो ।
जग्गा कारोबारी उनीहरुबीच समस्या परेपछि हत्या गरिएको अनुसन्धानमा पाइएको प्रहरीले जनाएको छ ।













समानुपातिक सूचीलाई अन्तिमरुप दिन रास्वपा केन्द्रीय समितिको बैठक जारी
बाँकेको नौबस्ता कारागारबाट भागेका १४७ मध्ये ५२ जना पक्राउ
साेमबार दोहोरो अंकले घट्याे सेयर बजार, काराेबार कति ?
मेक्सिकोमा रेल दुर्घटना : १३ जनाको मृत्यु, ९८ घाइते
पुष १२ गते शनिवारकाे राशिफल, तपाइकाे आज दिन शुभ रहाेस्
देश अब नयाँ शिराबाट अगाडि बढ्छः मन्त्री घिसिङ
क्रिकेट प्रशिक्षक जगत टमाटा राखेप बोर्ड सदस्य नियुक्त
समानुपातिक उम्मेदवार टुंगो लगाउन एमालेले बोलायो सचिवालय बैठक
मन्त्रिपरिषद् बैठकः विभिन्न जिल्लाका नौ स्थानमा इलाका प्रशासन कार्यालय स्थापना गर्ने
प्रतिक्रिया