ढुक्कै भए हुन्छ एमसीसी अहिले पारित हुदैन : प्रचण्ड
गठबन्धन पनि केही हुँदैन, सत्ता गठबन्धन मिलेरै चुनावमा गइन्छ

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले एमसीसीसँगको अनुदान सम्झौता यथास्थितिमै संसद्मा अगाडि नबढने बताएका छन् । पार्टीको कर्णाली प्रदेश कमिटिका नेताहरुलाई भर्चुअल प्रशिक्षण दिँदै अध्यक्ष प्रचण्डले एमसीसी अहिले जस्ताको तस्तै पारित नहुने बताएका हुन् ।
विहिवार प्रचण्डले कर्णाली प्रदेश कमिटिका नेताहरुलाई प्रशिक्षण दिएका थिए ।
एमसीसीले सत्तागठबन्धनमा खटपट ल्याएको र त्यसले अन्ततः गठबन्धन नै टुटन सक्ने सम्भावनाका बारेमा आएका समाचारहरुमा सत्यता नरहेको भन्दै अध्यक्ष प्रचण्डले अहिलेसम्मको गतिविधिले सत्तागठबन्धन नटुटने र एमसीसी पनि तत्कार्लै पारित नहुने विश्लेषण सुनाएका हुन् ।
‘प्रधानमन्त्रीको जोड एमसीसी पारित गरेर जाऔं भन्नेमा छ, हामी माधवजी को पार्टी र हामीले यथास्थितीमा हुँदैन, यसका लागि राष्टिय सहमति कायम गर्नुपर्छ, केही वुदाँहरुमा परिमार्जन आवश्यक छ भनेर प्रष्ट प्रधानमन्त्रीलाई भनेका छौं,’ प्रचण्डको भनाई उदधृत गदै माओवादी केन्द्रका केन्द्रीय सदस्य रामदीप आचार्यले मेरोन्यूजसँग भने, ‘अध्यक्षले दुईटा कुरा प्रष्ट भन्नुभएको छ, अहिले एमसीसी यही अवस्थामा पारित हुँदै हुन्न, अर्काे कुरा गठबन्धनमा पनि केही हुँदैन, चुनावसम्म मिलेरै गइन्छ ।’
प्रधानमन्त्री केही दिन अगाडीसम्म जोडवलमै एमसीसी अनुमोदन गराउने पक्षमा देखिएपनि पछिल्ला दिनमा राष्टिय सहमतिकै पक्षमा देखिएको पनि प्रचण्डले पार्टीका कर्णाली प्रदेश कमिटिका नेता-कार्यकर्तालाई सुनाएका थिए ।
‘प्रधानमन्त्रीलाई पारित गर्नपाए हुन्थ्यो भन्नेछ, तर उहाँ हामीसँग सहमति नगरी एक्लै अगाडी बढन सक्नुहुन्न,’ प्रचण्डले भनेका थिए ।
प्रचण्डले पार्टीको केन्द्रीय समिति बैठक माघ २७ गते नै हुने र केन्द्रीय कमिटिलाइ पूर्णता दिने देखि पदाधिकारी चयनका सम्पूर्ण प्रक्रिया टुग्गो लगाएर जाने पनि बताएका थिए । ‘अहिलेसम्मको सिनारियो हेर्दा माघ २७ गतेको केन्द्रीय समिति बैठक बस्छ नै, कोरोनाले के गर्छ हेरौं, अहिलेकै स्थितीमा बैठक बस्छ, केन्द्रीय कमिटि पूर्णता दिने देखि सवै काम बसेर टुग्याउने सोचिएको छ,’ प्रचण्डले भने ।
माओवादी केन्द्रको केन्द्रीय समिति बैठक माघ २७ गते बोलाईएको छ । माओवादीको आठौं महाधिवेशनले पार्टीको केन्द्रीय पदाधिकारी टुग्याउन सकेको थिएन । केन्द्रीय समितिबाट पदाधिकारी टुग्याउने तयारी माओवादीको छ ।













मेक्सिकोमा रेल दुर्घटना : १३ जनाको मृत्यु, ९८ घाइते
ताप्लेजुङमा मतदाताको सङ्ख्या ९० हजार नाघ्यो
इन्डोनेसियामा नर्सिङ होममा आगलागी हुँदा १६ जनाको मृत्यु
सुन्तलाखेतीबाट लाखाैं कमाउँदै बन्दीपुरका किसान
अशोक राई नेतृत्वको जसपा फुट्यो, रेणु यादवसहितका नेता उपेन्द्रकाे जसपा नेपालमा फर्किए
पुष १२ गते शनिवारकाे राशिफल, तपाइकाे आज दिन शुभ रहाेस्
देश अब नयाँ शिराबाट अगाडि बढ्छः मन्त्री घिसिङ
समानुपातिक उम्मेदवार टुंगो लगाउन एमालेले बोलायो सचिवालय बैठक
क्रिकेट प्रशिक्षक जगत टमाटा राखेप बोर्ड सदस्य नियुक्त
मन्त्रिपरिषद् बैठकः विभिन्न जिल्लाका नौ स्थानमा इलाका प्रशासन कार्यालय स्थापना गर्ने
प्रतिक्रिया