मधेस प्रदेशका चार जिल्लामा घरघर पुगेर कोरोना खोप

काठमाडौँ । मधेस प्रदेसका चार जिल्लाका घरघरमा कोरोना भाइरसविरुद्धको खोप लगाइने भएको छ । कोरोनाविरुद्ध सरकारले थालेको खोप अभियानअन्तर्गत मधेस प्रदेशका रौतहट, सर्लाही, महोत्तरी र धनुषामा घरघरमा खोप दिइने कार्यक्रमको आज यहाँ उद्घाटन गरिएको हो ।
आड्रा नेपाल र बागमती सेवा समाज सर्लाहीको आयोजना तथा स्थानीय सरकार र प्रदेश सरकारको समन्वयमा यी चार जिल्लाका गर्भवती, ज्येष्ठ नागरिक, अपांगता भएका तथा अशक्त र शारीरिक रुपमा फरक क्षमता भएका करिब ३२ हजार जनालाई कोरोनाविरुद्धको पहिलो खोप लगाउने कार्यक्रमको मधेस प्रदेशका सामाजिक विकासमन्त्री नवल किशोर यादवले उद्घाटन गरे ।
नेपाल सरकारले आगामी चैतसम्ममा शत्प्रतिशत नागरिकलाई कोरोनाविरुद्धको खोप लगाइसक्ने लक्ष्य लिएअनुसार स्थानीय सरकार र प्रदेश सरकारको साझेदारीमा यी चार जिल्लाका गर्भवती, ज्येष्ठ नागरिक, अपांगता भएका, शारीरिक रुपमा अशक्त र फरक क्षमता भएका नागरिकलाई घरघरमै पुगेर सहज रुपमा खोप लगाउने व्यवस्था गर्न लागिएको हो ।
जिल्ला स्वास्थ्य कार्यालयहरु, स्थानीय तहहरु र प्रदेश सरकारसँग समन्वय गर्दै आगामी चार महिनाभित्रमा चार जिल्लाका आठ हजारका दरले ३२ हजार जनालाई खोप लगाइसक्ने संस्थाले लक्ष्य लिएको छ । यस खोप अभियानका क्रममा कोरोनाबारे जनचेतनामूलक सन्देश प्रवाह गर्नाका साथै कोरोनाविरुद्धको खोप लगाउन छुटेका अन्य नागरिकहरुलाई खोप लगाउन प्रेरित गर्ने आड्रा नेपालका निर्देशक डा घनश्याम भट्टले बताए ।
यस संस्थाको समन्वयमा चार जिल्लालाई चारवटा मोबाइल गाडीको व्यवस्था गरी घुम्ती खोप सेवा सञ्चालन गरिएको छ । हरेक एक जिल्लामा एक गाडीको व्यवस्था गरिएको संस्थाले जनाएको छ ।

















ललितपुर महानगरको नयाँ प्रशासनिक भवन ‘ब्लक–सी’ उद्घाटन
चैत १६ गते संघीय संसद्को अधिवेशन बोलाउने तयारी
चैत १३ गते प्रधानमन्त्रीको शपथ लिने बालेनको तयारी
विमानस्थलबाट २८ हजार ९०० अमेरिकी डलरसहित तीन नेपाली पक्राउ
रवि-बालेनसहित रास्वपा शीर्षनेताबीच भेटवार्ता
आजको मौसम पूर्वानुमानः यी तिन प्रदेशमा चट्याङसहित हल्का वर्षाको सम्भावना
चैत ३ गते मंगलबार को राशिफल, कस्ताे रहला तपाइकाे आजकाे दिन ?
सुनचाँदीको मूल्य बढ्यो, आज कतिमा हुँदैछ कारोबार ?
रवि र बालेन किन गएनन् अभिमुखीकरण उद्घाटनमा ?
ग्यास पूर्वाधारमा इजरायलले आक्रमण गरेपछि इरानकाे पक्षमा उत्रियाे कतार
प्रतिक्रिया