हिउँ जमेसँगै सञ्चालनमा आएन भीमदत्त राजमार्ग

डडेल्धुरा । बिहीबार दिउँसोदेखि परेको हिमपातले अवरुद्ध भीमदत्त राजमार्ग सञ्चालनमा आउन सकेको छैन । राजमार्गमा बाक्लो हिउँ जमेकोले अवरुद्ध बनेको हो।
सात पहाडी जिल्ला जोड्ने एक मात्र राजमार्ग अवरुद्ध भएपछि सयौं यात्रु बीचबाटोमै अलपत्र परेका छन् । नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेना हिउँ पन्छ्याउन खटिरहेको जिल्ला प्रहरी कार्यालय डडेल्धुराका सूचना अधिकारी तथा प्रहरी निरीक्षक राजेन्द्रबहादुर चन्दले बताए ।
‘डोजर प्रयोग गरेर राजमार्ग सफा गरिरहेका छौँ, एकतर्फी रूपमा खुलिसकेको छ, अति आवश्यक सवारी साधनलाई गन्तव्यमा पठाइरहेका छौँ, अझैं पूर्ण रूपमा सञ्चालन आउन डेढ, दुई घण्टा लाग्छ,’ चन्दले भने ।
जिल्लाको उच्च भाग भालुमारे, साहुखर्क, हगुल्टेलेक, महाभारत लेकका विभिन्न स्थानमा पनि बाक्लो हिमपात भइरहेको छ। लामो समयपछि डडेल्धुरामा माघ महिनामा हिमपात भएको हो । हिउँ खेल्नेको भिडले यहाँ आन्तरिक पर्यटकको चहलपहल बढेको छ । हिमपातसँगै सेताम्मे भएका डाँडापाखामा हिउँसँग रमाउने युवायुवतीहरुको ताँती छ ।
हिमपातले जनजीवन कष्टकर भए पनि किसान भने हर्षित छन् । हिउँका कारण खेतीपाती राम्रो हुने भन्दै कृषक हर्षित बनेका हुन्।
















अमेरिकाले वास्तविकतामा युद्ध हारिरहेछ – इरान
पूर्वप्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको १६औँ स्मृति दिवस मनाइँदै
कस्ताे रहला आज देशभरकाे माैसम ?
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
ग्यास पूर्वाधारमा इजरायलले आक्रमण गरेपछि इरानकाे पक्षमा उत्रियाे कतार
खोटाङमा एयर डाइनेस्टीको हेलिकप्टर दुर्घटना
साउदी, कतार र युएईका पाँच क्षेत्र खाली गर्न इरानकाे उर्दी
चैत ५ गते बिहीबार को राशिफल, कस्ताे रहला तपाइकाे आजकाे दिन ?
रास्वपाको अभिमुखीकरणमा बालेन नजाने
प्रतिक्रिया