हिउँ जमेसँगै सञ्चालनमा आएन भीमदत्त राजमार्ग

डडेल्धुरा । बिहीबार दिउँसोदेखि परेको हिमपातले अवरुद्ध भीमदत्त राजमार्ग सञ्चालनमा आउन सकेको छैन । राजमार्गमा बाक्लो हिउँ जमेकोले अवरुद्ध बनेको हो।
सात पहाडी जिल्ला जोड्ने एक मात्र राजमार्ग अवरुद्ध भएपछि सयौं यात्रु बीचबाटोमै अलपत्र परेका छन् । नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेना हिउँ पन्छ्याउन खटिरहेको जिल्ला प्रहरी कार्यालय डडेल्धुराका सूचना अधिकारी तथा प्रहरी निरीक्षक राजेन्द्रबहादुर चन्दले बताए ।
‘डोजर प्रयोग गरेर राजमार्ग सफा गरिरहेका छौँ, एकतर्फी रूपमा खुलिसकेको छ, अति आवश्यक सवारी साधनलाई गन्तव्यमा पठाइरहेका छौँ, अझैं पूर्ण रूपमा सञ्चालन आउन डेढ, दुई घण्टा लाग्छ,’ चन्दले भने ।
जिल्लाको उच्च भाग भालुमारे, साहुखर्क, हगुल्टेलेक, महाभारत लेकका विभिन्न स्थानमा पनि बाक्लो हिमपात भइरहेको छ। लामो समयपछि डडेल्धुरामा माघ महिनामा हिमपात भएको हो । हिउँ खेल्नेको भिडले यहाँ आन्तरिक पर्यटकको चहलपहल बढेको छ । हिमपातसँगै सेताम्मे भएका डाँडापाखामा हिउँसँग रमाउने युवायुवतीहरुको ताँती छ ।
हिमपातले जनजीवन कष्टकर भए पनि किसान भने हर्षित छन् । हिउँका कारण खेतीपाती राम्रो हुने भन्दै कृषक हर्षित बनेका हुन्।













यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर
कुलमान, रवि र बालेन एउटै दल भएर चुनाव लड्ने सहमति
एमालेको आदिवासी जनजाति क्लस्टरतर्फ समानुपातिक सूचीको पहिलो नम्बरमा बादल
नेपाली कम्युनिष्ट पार्टी र नागरिक उन्मुक्ति पार्टीबीच एकता
क्रिकेट प्रशिक्षक जगत टमाटा राखेप बोर्ड सदस्य नियुक्त
देश अब नयाँ शिराबाट अगाडि बढ्छः मन्त्री घिसिङ
समानुपातिक उम्मेदवार टुंगो लगाउन एमालेले बोलायो सचिवालय बैठक
कांग्रेस निर्णय- समानुपातिक उम्मेदवार चयन मापदण्ड तयार, अनुशासनको कारबाहीमा परेकालाई माफी
उज्यालो नेपालको निर्णय- विलय हुनेगरी कतै नजाने
प्रतिक्रिया