शुक्रबार, माघ २, २०८२

नुवाकोटमा खाल्डोमा परी बालिकाको मृत्यु

मेरोन्यूज २०७८ माघ २२ गते १९:२४

नुवाकोट । इँटा बनाउन खनेको खाल्डोमा परी बालिकाको मृत्यु भएको छ ।

सर्लाही बरथहवा नगरपालिका–१५ स्थायी घर भई विदुर नगरपालिका–६ बस्ने रतन महराकी चार वर्षीया छोरी कृतिको शनिबार ज्यान गएको हो ।

विदुर नगरपालिका–६ बुनीबेंसीस्थित जालपाभैरवी इँटा उद्योगको इँटा बनाउन खटिएको खाल्डोमा परेर बालिकाको ज्यान गएको हो । उनका बुवा रतन सोही इँटा उद्योगमा कार्यरत थिए ।

खाल्डोमा जमेको पानीमा डुबेकी बालिकाको उपचारको क्रममा ज्यान गएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया