पौडेलले भन्छन्– माधव नेपाल र प्रचण्डले एमसीसीका बारेमा भ्रम छरे
‘पार्टीलाई अन्तरघातबाट कसरी बचाउने हो बचाउनुस्, म उत्तर दिने ठाउँमा छैन’

काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले आगामी चुनावमा कांग्रेसले जनतालाई आशा जगाउने सन्देश के दिने र कांग्रेसलाई अन्तरघातबाट कसरी बचाउने भन्ने बारेमा नेतृत्वले सोंच्नुपर्ने बताएका छन् ।
पोखरामा नेपाली कांग्रेस गण्डकी प्रदेश कार्यालयको उदघाटन गर्दै वरिष्ठ नेता पौडेलले १४ औं महाधिवेशनपछि आफू पार्टीका उत्तर दिने ठाउँमा नभएको भन्दै पार्टीका पदाधिकारीहरुले चुनावमा जानुअघि जनतालाई आशा जगाउने सन्देश दिनेबारेमा सोंच्नु पर्ने बताए ।
‘कांग्रेसका अगाडि ठूलो चुनौतीको पहाड छ । अबको चुनौतीको पहाड भनेको आगामी चुनाव हो, ती चुनावमा जनतमा कसरी आशा जगाउने यो बारेमा पदाधिकारीहरुले सोच्न जरुरी छ, म अहिले उत्तर दिने ठाउँमा छैन, उत्तर दिने ठाउँमा भएका पार्टीका पदाधिकारी साथीहरुले जनतालाई आशा जगाउने सन्देश के दिने हो र कांग्रेसलाई अन्तर्घातबाट कसरी बचाउने हो सोच्नु होला,’ पौडेलले भने ।
उनले पार्टी भित्रको गुटबन्दीलाई केबल महाधिवेशनमा मन लागेकोलाई जिताउन मन नलगेकोलाई हराउनमा मात्र सीमिति राख्नुपर्ने भन्दै गुटबन्दीलाई अन्तरघातमा पु¥याउन नहुने स्पष्ट पारे ।
वर्तमान गठबन्धनलाई चुनावसम्म लैजानुपर्ने उनले बताए । पनि कुनै पार्टीले एकल बहुमत जुटाउन नसक्ने भएकाले भविष्यमा सरकार बनाउने शक्तिहरुले चुनावमा नै गठबन्धन बनाउन आवश्यक रहेको बताए ।
उनले भने– ‘संविधानमा भएको समावेशी व्यवस्थाका कारण कुनै पनि पार्टीको बहुमत आउँदैन । त्यसकारण सरकार चलाउनका लागि पनि अरु पार्टीसँग गठबन्धन गर्नै पर्छ । गठबन्धनको संस्कृतिको विकास गर्न आवश्यक छ ।’
पौडेलले गठबन्धन गर्न हुँदैन भन्नेहरुलाई प्रश्न गरे–‘राष्ट्रियसभामा ३ जना थिए । अहिले गठबन्धन मिल्दा ६ जना सदस्य पाएको उपलब्धि हो कि होइन ?’ उनले मुलुकलाई असफल हुनबाट रोक्न प्रधानमन्त्री, गठबन्धनका नेताहरु र प्रमुख विपक्षी दलका नेता केपी ओलीलाई समेत आफूले आग्रह गरे ।
उनले भने–‘कांग्रेस कै कतिपय साथीहरु बीपीले राजासँग घाँटी जोडिएको छ भन्नुभएको थियो । अब त त्यसै गर्ने कि भन्नुहुन्छ । त्यो होइन वीपीले राजालाई लोकतन्त्र चाहिदैनन भने हामीलाई पनि राजा चाहिँदैन भन्नुभएको थियो ।’
उनले माधव नेपाल र प्रचण्डले एमसीसीकाबारेमा भ्रम छरेको बताए । उनले भने–‘मैले गठबन्धनको बैठकमा नै भने, एमसीसीका बारेमा आम जनतालाई कन्भिन्स गराउनुभयो । अब मलाई कन्भिन्स गराउनुस्, होइन भने कार्यान्वयनमा लैजाउँ । मुलुकको अर्थतन्त्र चल्नै नसक्ने अवस्थामा पुग्यो । ठूलो विकास आयोजना ठप्प छन् । यसले पनि मुलुक असफतातर्फ धकेलिन्छ ।’
















इरानको तेल किन्ने कम्पनीहरूमाथि अमेरिकाले लगाएको प्रतिबन्ध चीनद्वरा खारेज
बालेनलाई ज्ञवालीको प्रश्न: बागमती किनारमा बगिरहेका आँशुले कसरी नेपाल हाँसिरहेको देखिन्छ?
विवादपछी अमेरिकाले जर्मनीबाट पाँच हजार सेना फिर्ता गर्दै
नेपाली दूतावासको आयोजनामा पाकिस्तानमा मनाइयो बुद्ध जयन्ती
सर्पले टोकेको फलफूल-तरकारी विषालु हुन्छ ?
सुनचाँदीको मूल्यमा केही गिरावट
पुरानै शैली र प्रवृत्ति तोडेर रुपान्तरणकारी बजेट आउँछः अर्थमन्त्री वाग्ले
हर्क साम्पाङले मागे बालेनको राजिनामा
त्रिविका उपकुलपति, शिक्षाध्यक्ष र रजिस्ट्रारले राजीनामा दिँदै
प्रतिक्रिया