शीर्ष नेताको बालुवाटार वार्ताः एमसीसीमा सघाउन ओलीलाई देउवाको प्रस्ताव

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवा, प्रमुख प्रतिपक्षी नेकपा (एमाले) अध्यक्ष केपी ओली र नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच आइतबार दुई घण्टा छलफल भएको छ ।
लामो समयपछि प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष ओलीसहित आइतबार बालुवाटारमा छलफल भएको हो ।
प्रधानमन्त्री देउवाको निमन्त्रणामा सात महिनापछि बालुवाटार छिरेका एमाले अध्यक्ष ओलीलाई देउवाले अमेरिकी परियोजना एमसीसीलाई सघाउन आग्रह गरेका थिए । जवाफमा ओलीले पुरानै कुरा दोहोर्याएका छन् । ओलीले एमसीसीबारे सरकारको तर्फबाट स्पष्ट धारणा मागेका थिए ।
भेटमा स्थानीय तहको निर्वाचन, अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) र संसद् खुलाउने विषयमा छलफल भएको ओलीसँगै बालुवाटार पुगेका एमाले महासचिव शंकर पोखरेलले जानकारी दिए ।
आइतबारको बैठकपछि सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै एमाले महासचिव पोखरेलले एमसीसीबारे सत्तापक्षले स्पष्ट दृष्टिकोण सार्वजानिक नगरेसम्म एमाले नहतारिने बताए ।
तीन शीर्ष नेताबीचको छलफलमा सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्की पनि सहभागी थिए ।
















पाकिस्तानमा महँगीको असर गहिरिँदै, अप्रिलमा मुद्रास्फीति उच्च
सडक सुरक्षा प्रणाली सुधार्ने सरकारको प्रतिबद्धता
नेपाली कम्युनिष्ट पार्टीले आगामी मङ्सिर ११ देखि १५ गतेसम्म काठमाडौँमा महाधिवेशन गर्ने
मध्यपूर्वमा अमेरिकी सैन्य साइटहरूमा इरानको व्यापक आक्रमण
पर्वतको फलेवासमा आमाबा स्वास्थ्य कार्यक्रम सुरु
प्रधानमन्त्री रहमान द्वारा ढाकालाई स्वच्छ सहर बनाउने लक्ष्यसहित १२ बुँदे योजना सार्वजनिक
ओमानसँग नेपाल १०२ रनले पराजित
आशिष निर्माण सेवाका सञ्चालक गौली पक्राउ
अतिक्रमित जग्गामा बनाइएका घरटहरा खाली गर्न आग्रह
निजामती कर्मचारीको तलब १५ दिनमा भुक्तानी सुरु
प्रतिक्रिया