शीर्ष नेताको बालुवाटार वार्ताः एमसीसीमा सघाउन ओलीलाई देउवाको प्रस्ताव

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवा, प्रमुख प्रतिपक्षी नेकपा (एमाले) अध्यक्ष केपी ओली र नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच आइतबार दुई घण्टा छलफल भएको छ ।
लामो समयपछि प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष ओलीसहित आइतबार बालुवाटारमा छलफल भएको हो ।
प्रधानमन्त्री देउवाको निमन्त्रणामा सात महिनापछि बालुवाटार छिरेका एमाले अध्यक्ष ओलीलाई देउवाले अमेरिकी परियोजना एमसीसीलाई सघाउन आग्रह गरेका थिए । जवाफमा ओलीले पुरानै कुरा दोहोर्याएका छन् । ओलीले एमसीसीबारे सरकारको तर्फबाट स्पष्ट धारणा मागेका थिए ।
भेटमा स्थानीय तहको निर्वाचन, अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) र संसद् खुलाउने विषयमा छलफल भएको ओलीसँगै बालुवाटार पुगेका एमाले महासचिव शंकर पोखरेलले जानकारी दिए ।
आइतबारको बैठकपछि सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै एमाले महासचिव पोखरेलले एमसीसीबारे सत्तापक्षले स्पष्ट दृष्टिकोण सार्वजानिक नगरेसम्म एमाले नहतारिने बताए ।
तीन शीर्ष नेताबीचको छलफलमा सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्की पनि सहभागी थिए ।









काभ्रेपलाञ्चोकमा सुन्तला उत्पादन १० प्रतिशतले बढ्ने प्रक्षेपण
मधेसमा ३ मन्त्री नियुक्त
टाटा ईभी ग्राहकका लागि विन्टर सर्भिस एन्ड एक्सचेन्ज क्याम्प घोषणा
एनआईसी एशिया बैंकको लकर सेवामा १५ प्रतिशत छुट
बालिकालाई जङ्गलमा लगेर हत्या गर्ने एकजना पक्राउ
एमाले महाधिवेशनमा विद्युतीय भोटिङ हुने
एमालेमा नीति र नेतृत्वका विषयमा विवाद छैन : उपमहासचिव रिमाल
बलियो, अनुभवी र स्वीकार्य नेतृत्व आवश्यकः महासचिव पोखरेल
सुदूरपश्चिमको अपराजित यात्रा कायमै, चितवन ४९ रनले पराजित
टोलीको तालमेल मिल्दा जित सहज भयोः भीम सार्की
प्रतिक्रिया