तीन वडाध्यक्षसहित १५ जनप्रतिनिधिको पद खारेज गर्न कांग्रेसको पत्र

कैलाली । नेपाली कांग्रेस कैलालीले अन्य पार्टीमा प्रवेश गरेका तीन वडा अध्यक्षसहित १५ जनप्रतिनिधिको पद खारेज गर्न निर्वाचन आयोगलाई सिफारिस गरेको छ । कांग्रेसले पार्टीबाट पदमुक्त गर्दै जनप्रतिनिधिसमेत रहेको पद खारेज गर्न निर्वाचन आयोगलाई सिफारिस गरेको हो ।
कांग्रेस कैलालीले टीकापुर वडा नम्बर १ का अध्यक्ष लालवीर चौधरी, वडा नम्बर ३ का अध्यक्ष रामसेवक महतो, वडा नम्बर ५ का अध्यक्ष रामशंकर डगौरा थारुको पद खारेज गर्न पत्र पठाएको हो । यस्तै, टीकापुर नगरपालिका कार्यपालिका सदस्य रमेश बिक, वडा नम्बर ३ का सदस्य वीना थारु, वडा न ३ सदस्य भागीदेवी कामी, वडा न ४ सदस्य तुलसादेवी बिक, वडा न ४ सदस्यद्वय प्रेमलाल चौधरी र रुपमती डगौरा थारु, वडा न ५ का चार सदस्य बलवीर थारु (चौधरी(, कन्हैया चौधरी, आशा थारु र सरिता भुल, वडा न ६ का दुई सदस्य रामशंकर चौधरी र जमुना चौधरीलाई पदमुक्त गर्न निर्वाचन आयोगमा सिफारिस पठाएको नेपाली कांग्रेस कैलालीका प्रचारप्रसार समिति संयोजक नृप सुनारले बताए ।
नेपाली कांग्रेस कैलाली, टीकापुर नगर कार्यसमितिका निर्णय, कैलाली निर्वाचन क्षेत्र न १ प्रदेशसभा ‘क’ कार्यसमितिको सिफारिस, क्षेत्र न १ क्षेत्रीय कार्यसमितिले माघ १८ गतेको सिफारिसपत्र अनुसार जिल्लाका कार्यबाहक सभापति प्रकाश बमले कारबाही गर्न निर्वाचन आयोगमा सिफारिस पठाएका हुन् । कारबाही सिफारिस गरिएका १५ जना जनप्रतिनिधि कांग्रेस त्यागेर हाल अन्य राजनीतिक दलमा प्रवेश गरेकाले निजहरुलाई साधारण सदस्यसमेत नरहने र स्थानीय तहको पदसमेत खारेज गर्न निर्वाचन आयोगलाई सिफारिस पठाएको प्रचारप्रसार प्रमुख सुनारले जानकारी दिए ।















वीरगञ्जबाट २० लाख हुण्डी रकमसहित एक जना पक्राउ
प्रधानमन्त्रीद्वारा निर्वाचन सफल पार्न भूमिका खेल्ने सबैलाई धन्यवाद ज्ञापन
बाजुरामा अपाङ्गता भएकालाई घरमै नागरिकता वितरण
निर्वाचन सफल बनाउन योगदान दिने सुरक्षा निकायप्रति प्रधानमन्त्रीद्वारा आभार व्यक्त
ग्यास पूर्वाधारमा इजरायलले आक्रमण गरेपछि इरानकाे पक्षमा उत्रियाे कतार
इरानकाे आक्रमण विरुद्ध खाडी मुलुकहरूको समर्थन गर्ने युक्रेनको घोषणा
खोटाङमा एयर डाइनेस्टीको हेलिकप्टर दुर्घटना
इला होटल एण्ड रिसोर्टको प्रमुख कार्यकारी अधिकृतमा लक्ष्मण थापा नियुक्त
चैत ५ गते बिहीबार को राशिफल, कस्ताे रहला तपाइकाे आजकाे दिन ?
प्रतिक्रिया