तीन वडाध्यक्षसहित १५ जनप्रतिनिधिको पद खारेज गर्न कांग्रेसको पत्र

कैलाली । नेपाली कांग्रेस कैलालीले अन्य पार्टीमा प्रवेश गरेका तीन वडा अध्यक्षसहित १५ जनप्रतिनिधिको पद खारेज गर्न निर्वाचन आयोगलाई सिफारिस गरेको छ । कांग्रेसले पार्टीबाट पदमुक्त गर्दै जनप्रतिनिधिसमेत रहेको पद खारेज गर्न निर्वाचन आयोगलाई सिफारिस गरेको हो ।
कांग्रेस कैलालीले टीकापुर वडा नम्बर १ का अध्यक्ष लालवीर चौधरी, वडा नम्बर ३ का अध्यक्ष रामसेवक महतो, वडा नम्बर ५ का अध्यक्ष रामशंकर डगौरा थारुको पद खारेज गर्न पत्र पठाएको हो । यस्तै, टीकापुर नगरपालिका कार्यपालिका सदस्य रमेश बिक, वडा नम्बर ३ का सदस्य वीना थारु, वडा न ३ सदस्य भागीदेवी कामी, वडा न ४ सदस्य तुलसादेवी बिक, वडा न ४ सदस्यद्वय प्रेमलाल चौधरी र रुपमती डगौरा थारु, वडा न ५ का चार सदस्य बलवीर थारु (चौधरी(, कन्हैया चौधरी, आशा थारु र सरिता भुल, वडा न ६ का दुई सदस्य रामशंकर चौधरी र जमुना चौधरीलाई पदमुक्त गर्न निर्वाचन आयोगमा सिफारिस पठाएको नेपाली कांग्रेस कैलालीका प्रचारप्रसार समिति संयोजक नृप सुनारले बताए ।
नेपाली कांग्रेस कैलाली, टीकापुर नगर कार्यसमितिका निर्णय, कैलाली निर्वाचन क्षेत्र न १ प्रदेशसभा ‘क’ कार्यसमितिको सिफारिस, क्षेत्र न १ क्षेत्रीय कार्यसमितिले माघ १८ गतेको सिफारिसपत्र अनुसार जिल्लाका कार्यबाहक सभापति प्रकाश बमले कारबाही गर्न निर्वाचन आयोगमा सिफारिस पठाएका हुन् । कारबाही सिफारिस गरिएका १५ जना जनप्रतिनिधि कांग्रेस त्यागेर हाल अन्य राजनीतिक दलमा प्रवेश गरेकाले निजहरुलाई साधारण सदस्यसमेत नरहने र स्थानीय तहको पदसमेत खारेज गर्न निर्वाचन आयोगलाई सिफारिस पठाएको प्रचारप्रसार प्रमुख सुनारले जानकारी दिए ।













माघीमा विवाहको छिनाफानो गर्ने चलन हरायो
निसीखोलामा पुतली नाचको रौनक
यी हुन् एमालेबाट प्रतिनिधिसभा निर्वाचनका लागि देशभरका उम्मेदवार
गगन नेतृत्वको कांग्रेसले राष्ट्रिय सभा चुनावमा एमालेसँगको तालमेल नतोड्ने
राष्ट्रिय लिग फुटबल : जावलाखेलमाथि लालीगुराँसको जित
नेपाली क्रिकेट टोलीको बलिङ कन्सल्टेन्टमा इयान हार्भे
बुढासुब्बा गोल्डकप यही माघ २२ देखि
कांग्रेस देउवा पक्षले आधिकारिकता दाबी गर्दै आयोगमा बुझायो प्रमाण
प्रतिक्रिया