खुकुरी प्रहार गरी दुई जनाको हत्या गर्ने तामाङ पक्राउ

सिन्धुपाल्चोक । जिल्लाको बलेफी गाउँपालिका ७ स्थित माथिल्लो चिम्लिङमा दुई जनाको हत्या आरोपमा एक व्यक्ति पक्राउ परेका छन् । हत्या अभियोगमा ठाउँका विजयबहादुर तामाङलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका सूचना अधिकारी दक्षकुमार बस्नेतले बताए ।
आइतबार बेलुका पौने ८ बजेको समयमा तामाङले खुकुरी प्रहार गरी दुईजनाको हत्या गरेको प्रहरीले जनाएको छ । हत्यापश्चात भागेका उनलाई राति ९ बजे कुलबाध सामुदायिक वनमा लुकिछिपी रहेको अवस्थामा प्रहरीले फेला पारेको थियो ।
गाउँमा हत्याको घटना भएलगत्तै तत्काल प्रहरी चौकी लामोसाँघुबाट प्रहरी नायब निरीक्षक, इलाका प्रहरी कार्यालय बाह्रविसेबाट प्रहरी निरीक्षक तथा जिल्ला प्रहरी कार्यालयबाट प्रहरी नायब उपरीक्षकको टोली घटनास्थल पुगी अनुसन्धान सुरु गरेको थियो ।
प्रारम्भिक सोधपुछमा तामाङले हत्या स्वीकार गरेको तथा स्थानीय व्यक्तिबाट सनाखत गराउँदा उनले नै घटना गराएको भन्ने खुल्न आएको सिन्धुपाल्चोकका सूचना अधिकारी बस्नेतले बताए ।
तामाङलाई पक्राउ गरिएको र घटनास्थल लास जाँच प्रकृति मुचुल्कालगायतको प्रारम्भिक अनुसन्धान कार्य सम्पन्न गरी शव पोष्टमार्टमका लागि अस्पतालमपठाइएको बस्नेतको भनाइ छ । तामाङविरुद्ध धारिलो हतियार खुकुरी प्रहार गरी ज्यान मार्ने उद्योग गरेको कसूरमा इलाका प्रहरी कार्यालय बाह्रबिसेमा मुद्दा दर्ता भएको छ ।













बुढानीलकण्ठमा मोटरसाइकल दुर्घटनामा घाइते भएका युवकको मृत्यु
युवाले चाहेजस्तो देश निर्माणमा अग्रसर छौँः प्रधानमन्त्री कार्की
सानिमा रिलायन्सद्वारा इलामको पहिरो प्रभावित क्षेत्रलाई आर्थिक सहयोग
सडक मर्मतमा ढिलाइ गरे पेनाल्टी तिराउँछाैं : मन्त्री घिसिङ
कर्णालीका तीन जिल्लामा ८६ वटा टेलिकमका टावर विस्तार
देश अब नयाँ शिराबाट अगाडि बढ्छः मन्त्री घिसिङ
उज्यालो नेपालको निर्णय- विलय हुनेगरी कतै नजाने
कांग्रेस निर्णय- समानुपातिक उम्मेदवार चयन मापदण्ड तयार, अनुशासनको कारबाहीमा परेकालाई माफी
फेरि संवादमा जुटे बालेन र कुलमान
निर्वाचन आयोगद्वारा अन्तिम मतदाता नामावली सूची प्रकाशित
प्रतिक्रिया