पहिरोले पाइप बगाउँदा भट्टेडाँडामा खानीपानी हाहाकार

ललितपुर । कान्ति लोकपथमा गएको पहिरोले पाइप बगाएपछि भट्टेडाँडा र छपेलीमा खानेपानीको हाहाकार भएको छ ।
स्थानीय सानु महर्जनका अनुसार सल्भ नेपाल र स्थानीयको जनसहभागितामा २०७५ सालमा सम्पन्न खानेपानी आयोजनाको पाइप कान्ति लोकपथमा गएको पहिरोले बगाएको हो । पहिरोले पाइप बगाएपछि स्थानीयले छपेली धाराडोलबाट ल्याएको खानेपानी उपभोग गरिरहेका छन् ।
‘वर्षामा ठीकै पानी आउँछ । तर हिउँदमा धेरै समस्या छ,’ उनले भने । बागमती गाँउपालिकाको सदरमुकामसमेत रहेको भट्टेडाँडा र छपेली गाउँसम्मका बासिन्दा तिरतिरे धारोको भरमा बाँच्नु परेको उनको भनाइ छ ।
गत निर्वाचनअघि भट्टेडाँडामा जलुकेबाट लिफ्ट प्रविधिबाट खानेपानी वितरण गरिए पनि अहिले बन्द छ । निरन्तर लिफ्टिङ प्रविधि बिग्रने र विद्युतको महसुल नतिर्दा समस्या भएको हो ।
पछिल्लो समय आयोजनाको पाइप चोरी गर्ने बढेको स्थानीयहरूको गुनासो छ । बालुवा चाल्न चोरीका खानेपानीको पाइप प्रयोग भइरहेको स्थानीयको छ । उनले भने, ‘खानेपानीको पाइप गाउँले नै चोरेर लगेका छन् । अर्कोतर्फ खानेपानीको हाहाकार छ ।’
२०७५ सालमा साल्भ नेपालले ४७ लाखको लागतमा स्थानीय जनसहभागिता (जनश्रमदान) मा यो खानेपानी आयोजना पूरा गरेर हस्तान्तरण गरेको थियो ।
खानेपानी आयोजनाका अध्यक्ष रामशरण चौरेलले कान्ति लोकपथको पहिरोका कारण डेढ महिना मात्रै चालू गरिएको बताए । ६३ एमएमको पाइप राखेर बनाइएको यो खानेपानी आयोजना पूरा भएपछि स्थानीयले राम्रोसँग पानी उपभोग गर्न पाएको उनको भनाइ छ ।













बुढानीलकण्ठमा मोटरसाइकल दुर्घटनामा घाइते भएका युवकको मृत्यु
युवाले चाहेजस्तो देश निर्माणमा अग्रसर छौँः प्रधानमन्त्री कार्की
सानिमा रिलायन्सद्वारा इलामको पहिरो प्रभावित क्षेत्रलाई आर्थिक सहयोग
सडक मर्मतमा ढिलाइ गरे पेनाल्टी तिराउँछाैं : मन्त्री घिसिङ
देश अब नयाँ शिराबाट अगाडि बढ्छः मन्त्री घिसिङ
उज्यालो नेपालको निर्णय- विलय हुनेगरी कतै नजाने
कांग्रेस निर्णय- समानुपातिक उम्मेदवार चयन मापदण्ड तयार, अनुशासनको कारबाहीमा परेकालाई माफी
निर्वाचन आयोगद्वारा अन्तिम मतदाता नामावली सूची प्रकाशित
फेरि संवादमा जुटे बालेन र कुलमान
प्रतिक्रिया