बुधबार, पुष १६, २०८२

८ लाख ६२ हजार डोज एस्ट्राजेनिका नेपाल आइपुग्यो

मेरोन्यूज २०७८ माघ २४ गते १५:४४

काठमाडौं । नेपालमा थप आठ लाख ६२ हजार ८० डोज एस्ट्राजेनिका खोप आइपुगेको छ ।

स्वास्थ्य सेवा विभाग व्यवस्थापन महाशाखाका प्रमुख डा. सुरेन्द्रले चौरसियाले बेलायत सरकारको सहयोगमा कोभ्याक्सअन्तर्गत २१ लाख ७४ हजार १६० मात्रा खोपमध्ये सोमबार आठ लाख ६२ हजार ८० मात्रा खोप आज आइपुगेको बताए ।

उनका अनुसार बाँकी १३ लाख १२ हजार ८० मात्रा खोप फागुन २ गते आउँदैछ । हालसम्म नेपालमा विभिन्न माध्यमबाट चार करोड ५७ लाख आठ हजार ६४० मात्रा खोप भित्रिएको छ ।

प्रतिक्रिया