अब तीन अर्बसम्मको ठेक्का नेपाली ठेकेदार कम्पनीलाई नै
मेरोन्यूज
२०७८ माघ २४ गते १८:४३

काठमाडौं । तीन अर्ब सम्मको ठेक्का अब नेपाली ठेकेदार कम्पनीले नै पाउने भएको छ ।
मन्त्रिपरिषदको सोमवार बसेको बैठकले तीन अर्बसम्मका ठेक्का नेपाली निर्माण व्यवसायीले नै लिन पाउने निर्णय गरेको हो । यसअघि नेपाली ठेकेदारले एक अर्बसम्मको मात्रै ठेक्का पाउने ब्यवस्था थियो । एक अर्बभन्दा बढीको ठेक्का विदेशी कम्पनीसँग मिलेर गर्नुपर्ने बाध्यता थियो ।
अब एक निर्माण व्यवसायीले ३ अर्ब बराबरका ५ वटा सम्म ठेक्का लिन पाउने श्रम,रोजगार तथा समाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले बताए ।
सरकारको यो निर्णयसँगै अब सार्वजनिक खरिद नियमावली संशोधन हुनेछ ।
तीन अर्बसम्म नेपाली ठेकेदारले पाउने ब्यवस्था गरेको सरकारले ठेक्काको पेश्की रकम भने घटाएको छ । ठेकेदार कम्पनीले २० प्रतिशत पेश्की रकम पाउँदै आएकोमा त्यसलाई घटाएर १० प्रतिशतमा झारिएको छ ।
सम्बन्धित
















नबिल बैंकको केन्द्रीय कार्यालयमा नबिल नर्सिङ रुमको सुरुआत
सुशासन र जनविश्वासका लागि स्वतन्त्र प्रेस अपरिहार्यः सञ्चारमन्त्री डा तिमिल्सिना
कपनका साततले, पाथीभरा, तेन्जिङ चोकका अतिक्रमित संरचना धमाधम हटाइँदै
रसुवागढी हुँदै मानसरोवर यात्रा सुरु
लेबनानको दक्षिणी क्षेत्रमा आक्रमण बढ्दै, दर्जनौँ प्रभावित
रोल्पामा जिप दुर्घटना, १५ जना गम्भीर घाइते
सर्पले टोकेको फलफूल-तरकारी विषालु हुन्छ ?
पुरानै शैली र प्रवृत्ति तोडेर रुपान्तरणकारी बजेट आउँछः अर्थमन्त्री वाग्ले
राष्ट्रपतिद्वारा सार्वजनिक खरिद अध्यादेश जारी
नारामा केन्द्रित नभई नतिजा केन्द्रित बजेट आवश्यकः पूर्वअर्थमन्त्री खनाल
प्रतिक्रिया