गृह मन्त्रालयको २०६ वटा गृह प्रशासन सुधार योजना (पूर्णपाठ)
रेल्वे सुरक्षा गणदेखि औद्योगिक सुरक्षा गुल्म स्थापनासम्म

काठमाडौं । गृह मन्त्रालयले गृह प्रशासनका सुधार योजनाहरु अघि सारेको छ ।
गृहमन्त्री बालकृष्ण खाँणले सोमवार गृह मन्त्रालयमा आयोजित कार्यक्रमकाबीच ‘गृह प्रशासन सुधार योजना २०७८’ जारी गरेका हुन् ।
गृह प्रशासन सुधार योजनामा रेल्वे सुरक्षा गणदेखि औद्योगिक सुरक्षा गुल्म स्थापना गर्नेसम्मका २ सय ६ वटा योजना अघि सारिएको छ ।
गृह प्रशासन सुधार योजना अन्तर्गत प्रति आतंकवाद सेल गठन पनि उल्लेख छ ।
यस्तै, आकस्मिक सुरक्षा ब्यवस्थाका लागि आन्तर्राष्ट्रिय विमानस्थलमा सशस्त्र प्रहरी बल, तैनाथ रहने ब्यवस्था गर्ने (काठमाडौं, भैरहवा र पोखरामा) पनि गृह प्रशासन सुधार योजनामा उल्लेख छ ।
यसैगरी गृह मन्त्रालयले जिल्ला प्रशासन कार्यालयहरुमा कसुरजन्य सम्पत्ति ब्यवस्थापन शाखा गठन गर्ने तथा सबै प्रदेशमा सार्वजनिक निजी साझेदारीमा आधारित नमूना लागूऔषध उपचार तथा पुर्नस्थापना केन्द्र स्थापना गर्ने योजना पनि अघि सारेको छ ।
विगत आठ दशकदेखि शासकीय पद्धति सुधारका लागि नेपाली जनताले गरेको संघर्ष, त्याग र बलिदानबाट प्राप्त राजनीतिक परिवर्तन एवम् शासकीय प्रणालीको रुपान्तरणले जनताको अपेक्षालाई आत्मसात गरेको उल्लेख गर्दै गृहमन्त्री खाँणले गृह प्रशासनको समग्र कार्यपद्धति, कार्यसंस्कृति, जिम्मेवारी, जवाफदेहिता र सेवा प्रवाह प्रणालीमा आमूल सुधार गर्नु जरुरी रहेको आफ्नो मन्तब्यमा लेखेका छन् ।
यस्तो छ, गृह प्रशासन सुधार योजना
















वैदेशिक रोजगारी छाडेर गाउँमा बाख्रापालन
आज रास्वपाको सचिवालय बैठक बस्दै
भरुवा बन्दुकसहित वडा सदस्य पक्राउ
राष्ट्रपतिद्वारा विश्व प्रेस स्वतन्त्रता दिवसको शुभकामना
सर्पले टोकेको फलफूल-तरकारी विषालु हुन्छ ?
पुरानै शैली र प्रवृत्ति तोडेर रुपान्तरणकारी बजेट आउँछः अर्थमन्त्री वाग्ले
रोल्पा दुर्घटना अपटेडः मृतकको सङ्ख्या २० पुग्यो
सुनचाँदीको मूल्यमा केही गिरावट
प्रतिक्रिया