आइतबार, माघ ४, २०८२

आज यी स्थानमा वर्षा हुने, सुरक्षित हुन आग्रह

मेरोन्यूज २०७८ माघ २५ गते ६:५४

काठमाडौँ । हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ । जसका कारण देशका पहाडी भू भागमा आंशिकदेखि सामान्य बदली रही तराईका केही भागमा हुस्सु र कुहिरो लागेको छ ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार आज प्रदेश १, मधेस, बागमती र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रही अन्य प्रदेशमा आंशिक बदली रहने छ । प्रदेश १ का केही स्थानमा हल्का वर्षा हुने छ ।

यस्तै, महाशाखाले आज राति देशका पूर्वी तथा पश्चिमी भागका उच्च पहाडी तथा हिमाली क्षेत्रका केही स्थानमा हल्का हिमपात हुने जनाएको छ । यसैगरी चिसोबाट बच्न सबैलाई आग्रह गरेको छ ।

प्रतिक्रिया