मंगलबार, पुष १५, २०८२

हिमालयन कृषि फार्म आसपासमा बर्ड फ्लु प्रभावित क्षेत्र घोषणा

मेरोन्यूज २०७८ माघ २५ गते १५:३९

काठमाडौं । मोरङको विराटनगर महानगरपालिका–१८ को हिमालयन कृषि फार्म आसपासको क्षेत्रलाई बर्डफ्लु प्रभावित क्षेत्र घोषणा गरिएको छ ।

बर्डफ्लु फैलिएपछि त्यसलाई नियन्त्रण गर्न भन्दै सोमबार बसेको मन्त्रिपरिषद बैठकले सो क्षेत्रलाई बर्ड फ्लु प्रभावित क्षेत्र घोषणा गरेको हो ।

विराटनगर महानगरपालिका–१८ स्थित हिमालयन कृषि फार्म आसपासको क्षेत्रलाई बर्ड फ्लु रोग प्रभावित क्षेत्र घोषणा गरिएको सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए ।

प्रतिक्रिया