बैंकिङ कसुरकी फरार अभियुक्त अम्बिका पक्राउ
मेरोन्यूज
२०७८ माघ २५ गते १७:३२

काठमाडौं । बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी अम्बिका बुढाथोकीलाई प्रहरीले पक्राउ गरेको छ ।
टोखा नगरपालिका–३ धनेश्वर बस्ने नुवाकोट विदुर नगरपालिका–११ स्थायी वतन भएकी ४१ वर्षीया बुढाथोकीलाई प्रहरीले मंगलबार पक्राउ गरेको हो ।
अदालतको फैसलापछि फरार रहेकी उनलाई प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान ब्यूरो महाराजगञ्जबाट खटिएको प्रहरीले ललितपुर भैसेपाटीबाट पक्राउ गरेको हो ।
बैंकिङ कसूर मुद्दामा उच्च अदालत पाटनको २०७८ कात्तिक २३ गतेको फैसलाले १७ लाख ४२ हजार ८ सय ७७ रुपैयाँ जरिवाना र ६ दिन कैद सजाय ठहर गरेको थियो ।
उनले आफ्नो खातामा पर्याप्त मौज्दात रकम नभएको भन्ने जानी जानी पीडितलाई सिद्धार्थ बैंक लिमिटेडको शाखा कार्यालय धनेश्वर काठमाडौंमा रहेको उनको खाताबाट रकम भुक्तान हुनेगरी चेक दिएको ठहर गरी अदालतले कैद सजायको फैसला गरेको थियो ।
सम्बन्धित
















एमाले प्रमुख सचेतकमा ऐन महर
पार्सल पठाउने नाममा ठगी गर्ने लिम्बू पक्राउ
सुकुम्वासी व्यवस्थापन अभियानः सहयोगका लागि वास्तविक सुकुम्वासीलाई आग्रह
सुनसरी प्रहरीको ‘स्वीप अपरेसन’ : १२० जना नियन्त्रणमा
सुक्खाले बढायो डढेलो र प्रदूषण
सरकार बनेको महिना दिन नपुग्दै गयो २ मन्त्रीको पद
रविको सांसद पद निलम्बनको माग गर्दै सर्वोच्चमा रिट
इरान वार्ता अघि नबढे इरानमा पुनः ‘बमबारी’ हुनसक्ने राष्ट्रपति ट्रम्पको भनाइ
वैशाख ९ गते बुधबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
संसदका दुवै सदनको अधिवेशन आह्वान
प्रतिक्रिया