मंगलबार, पुष १५, २०८२

गोपाल किराँती आलोक समूहको कारबाहीमा

मेरोन्यूज २०७८ माघ २५ गते १७:४५

काठमाडौं । तत्कालिन नेकपा माओवादी केन्द्रबाट अलग भई पार्टी गठन गरेका गोपाल किराँतीलाई पार्टीको असन्तुष्ट समूहले कारबाहीको घोषणा गरेको छ ।

एमालेसँगको एकतापछि किराँतीले माओवादी केन्द्र नै पुर्नगठन गरेका थिए । किराँतीले पार्टी पुर्नगठन गरेपछि यसअघि तीन समूह पार्टीबाट अलग भइसकेको छ ।

पछिल्लो पटक एकीकृत नेपाल कम्युनिस्ट पार्टीको असन्तुष्ट समूहको बैठकले अध्यक्ष गोपाल किराँतीलाई पार्टीको साधारण सदस्य समेत नरहने गरी कारवाही (निस्कासन) गरेको जनाएको छ ।

सो पार्टीको केन्द्रीय समितिको आठौं बैठकबाट किरातीले पार्टी अध्यक्ष रहँदा पार्टीप्रति गम्भीर गद्दारी गरेको भन्दै पार्टीबाट निश्कासन गरेको मंगलबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलन गरी जानकारी दिइएको छ ।

माघ १४–१८ गते काठमाडौंमा सम्पन्न बैठकले पार्टीमा उत्पन्न गम्भीर विवाद निरुपण गर्न र पार्टीलाई एक ढिक्का वनाउन भन्दै किराँतीलाई निश्कासित गरी आलोक रायमाझीलाई पार्टी अध्यक्षमा चयन गरिएको सो समूहले जनाएको छ ।

गोपाल किरातीले पार्टी अध्यक्ष भइरहँदा गम्भीर प्रकारको गद्दारी गरेको उनीहरुको आरोप छ ।

यसअघि किराँतीसँग असन्तुष्ट हुँदै कर्णजित बुढाथोकी समूहले माओवादी केन्द्र समाजवादी गठन गरेका छन् ।

प्रतिक्रिया