एमसीसीविरुद्धको विरोध कार्यक्रम स्थगित

काठमाडौँ । अमेरिकी परियोजना मिलेनिअम च्यालेञ्ज कर्पोरेशन (एमसीसी)विरुद्ध आज गरिने विरोध कार्यक्रम स्थगित भएको छ । ‘एमसीसी खारेजीका लागि संयुक्त संघर्ष समिति’ले बुधबार काठमाडौँमा आयोजना गरेको विरोध कार्यक्रम स्थगित भएको समितिका संयोजक नारायण शर्माले जानकारी दिए ।
आज बस्ने भनिएको प्रतिनिधिसभाको बैठक स्थगित भएसँगै विरोध कार्यक्रमसमेत स्थगित भएको संयोजक शर्माले जनाएका छन् । ‘माघ २६ गते राखिएको एमसीसीविरुद्धको हाम्रो जनप्रदर्शन र विरोधसभाको कार्यक्रम विशेष कारणले अर्थात् संसद बैठक स्थगित भएको सूचना प्राप्त भएकाले हाम्रो कार्यक्रम पनि स्थगन गरिएको छ,’ शर्माले भने ‘स्मरणीय छ, संसदबाट एमसीसी सम्झौता पारित हुन नदिनको लागि दबाब स्वरुप गर्दै आइएका यस्ता कार्यक्रमहरु यसअघि पनि यसरी नै स्थगित गरिँदै संसद चालू हुने दिनमा गर्ने प्रचलन छ ।’
संसद स्थगनपछि कार्यक्रम गर्दा यसको औचित्य स्वतः कम हुने भन्दै स्थगन गर्नु परेको जनाएको छ । विरोध कार्यक्रम स्थगित भएसँगै आयोजकका तर्फबाट पर्न गएको असुविधाप्रति दुःखी भएको संयोजक शर्माले बताए ।
















अमेरिकाले वास्तविकतामा युद्ध हारिरहेछ – इरान
पूर्वप्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको १६औँ स्मृति दिवस मनाइँदै
कस्ताे रहला आज देशभरकाे माैसम ?
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
ग्यास पूर्वाधारमा इजरायलले आक्रमण गरेपछि इरानकाे पक्षमा उत्रियाे कतार
खोटाङमा एयर डाइनेस्टीको हेलिकप्टर दुर्घटना
साउदी, कतार र युएईका पाँच क्षेत्र खाली गर्न इरानकाे उर्दी
रास्वपाको अभिमुखीकरणमा बालेन नजाने
प्रधानसेनापति सिग्देलले पूर्वप्रधान सेनापतिहरूसँग गरे छलफल
प्रतिक्रिया