एमसीसीविरुद्धको विरोध कार्यक्रम स्थगित

काठमाडौँ । अमेरिकी परियोजना मिलेनिअम च्यालेञ्ज कर्पोरेशन (एमसीसी)विरुद्ध आज गरिने विरोध कार्यक्रम स्थगित भएको छ । ‘एमसीसी खारेजीका लागि संयुक्त संघर्ष समिति’ले बुधबार काठमाडौँमा आयोजना गरेको विरोध कार्यक्रम स्थगित भएको समितिका संयोजक नारायण शर्माले जानकारी दिए ।
आज बस्ने भनिएको प्रतिनिधिसभाको बैठक स्थगित भएसँगै विरोध कार्यक्रमसमेत स्थगित भएको संयोजक शर्माले जनाएका छन् । ‘माघ २६ गते राखिएको एमसीसीविरुद्धको हाम्रो जनप्रदर्शन र विरोधसभाको कार्यक्रम विशेष कारणले अर्थात् संसद बैठक स्थगित भएको सूचना प्राप्त भएकाले हाम्रो कार्यक्रम पनि स्थगन गरिएको छ,’ शर्माले भने ‘स्मरणीय छ, संसदबाट एमसीसी सम्झौता पारित हुन नदिनको लागि दबाब स्वरुप गर्दै आइएका यस्ता कार्यक्रमहरु यसअघि पनि यसरी नै स्थगित गरिँदै संसद चालू हुने दिनमा गर्ने प्रचलन छ ।’
संसद स्थगनपछि कार्यक्रम गर्दा यसको औचित्य स्वतः कम हुने भन्दै स्थगन गर्नु परेको जनाएको छ । विरोध कार्यक्रम स्थगित भएसँगै आयोजकका तर्फबाट पर्न गएको असुविधाप्रति दुःखी भएको संयोजक शर्माले बताए ।













पल्टेको ग्यास बुलेट हटाउन नसक्दा १३ घण्टादेखि पूर्व-पश्चिम राजमार्ग अवरुद्ध
विद्यार्थीहरूलाई देशप्रेमको भावना जगाउँने शिक्षा दिनु आवश्यकः अध्यक्ष विजुक्छेँ
कांग्रेसबाट समानुपातिक सूचीमा पूर्व र वर्तमान राष्ट्रपतिका छोरा–छोरी पनि
कांग्रेस चुनावबाट भाग्दैन बरु हार्न तयार छ : कोइराला
पुतिनको निवासमाथि ड्रोन आक्रमण बनावटी दाबी मात्र : युक्रेन
एनएसजेएफ पल्सर स्पोट्र्स अवार्डको नयाँ मिति घोषणा, पावर्ड बाईमा यती एयरलाइन्स
प्रतिनिधिसभा निर्वाचन : आज र भोलि समानुपातिक निर्वाचनको बन्द सूची पेस गर्ने कार्यतालिका
रवि–बालेनबिच ७ बुँदे सम्झौता : दल ‘राष्ट्रिय स्वतन्त्र पार्टी’ नै रहने, प्रधानमन्त्रीको उम्मेदवार बालेन बन्ने
रवि भन्छन् – सहमति नेताले खोजेजस्तो नभई देशलाई चाहिएजस्तो हुनुपर्छ
एमालेको आदिवासी जनजाति क्लस्टरतर्फ समानुपातिक सूचीको पहिलो नम्बरमा बादल
प्रतिक्रिया