स्थानीय तह चुनाव
निर्वाचन आयोगको यस्तो छ कार्यतालिका तयारी
दल दर्ता चैत ६, उम्मेदवारी दर्ता बैशाख २ , उम्मेदवारको अन्तिम नामावली वैशाख १४ , मतदान बैशाख ३०

काठमाडौं । सरकारले आगामी वैशाख ३० गतेका लागि स्थानीय तहको चुनाव एकै चरणमा गर्ने गरी मिति घोषणा गरेपछि निर्वाचन आयोग निर्वाचन सम्वन्धी आन्तरिक तयारीमा जुटेको छ । आयोगले यस अगाडी नै मोटामोटी निर्वाचन खाका बनाएर प्रधानमन्त्री तथा मन्त्रीहरुलाई व्रिफिङ गरिसकेको थियो ।
सरकारले चुनावको मिति घोषणा गरेसँगै निर्वाचन आयोगले निर्वाचन प्रयोजनका लागि आन्तरिक कार्यतालिकाको तयारी थालिसकेको छ । निर्वाचन आयोग स्रोतका अनुसार, आयोगले आगामी चैत ६ गते निर्वाचन प्रयोजनका लागि राजनीतिक दल दर्ता, दल दतासँगै निर्वाचन आचारसंहिता जारी गर्ने भित्री तयारी गरेको छ ।
त्यसैगरी उसले आगामी वैशाख २ मा राजनीतिक दलले उम्मेदवारी दर्ता गर्ने र उम्मेदवारहरुको अन्तिम नामावली बैशाख १४ मा सार्वजनिक गर्ने गरी आन्तरिक निर्वाचन कार्यतालिकाको तयारी गरेको छ ।
त्यसपछि वैशाख ३० मा एकै चरणमा देशभर निर्वाचन हुनेछ ।
यो सम्भावित कार्यसूची आयोगले बनाएको हो । तर यस विषयमा अझै पनि आयोगका पदाधिकारीहरु छलफलमा रहेकोले कार्यतालिकामा सामान्य संशोधन हुनसक्ने आयोग स्रोतले जनाएको छ ।
निर्वाचन घोषणासँगै मतदाता नामावली संकलनको कार्य आयोगले रोकिसकेको छ । अहिले देशभर उसले काहाँ कति मतदाता छन भन्ने तथ्यांकको काम गरिरहेको छ । बढीमा तीन देखि चार साताभित्रै आयोगले मतदाता नामावली सार्वजनिक गर्ने तयारीको काम गरिरहेको आयोग स्रोतले बतायो ।
२०७७ पुस ५ सम्म १८ वर्ष पूरा भएका मतदाता १ करोड ६२ लाख ४३ हजार १ सय १० जना थिए । यसमा महिला ८० लाख ३० हजार ९ सय ८४ र पुरुष ८२ लाख ११ हजार ९ सय ५४ र तेस्रो लिंगी १ सय ७२ जना थिए । त्यसयता पनि मतदाता थपिएका छन् ।
निर्वाचन हुन ९४ दिन मात्रै छ ।
राजनीतिक दलहरु पनि आ-आफनो आन्तरिक तयारीमा जुटिसकेका छन् । उनीहरुले मुख्य-मुख्य स्थानमा उम्मेदवारका विषयमा पार्टिभित्र आन्तरिक छलफल शुरु गरिसकेका छन् । खासगरी महानगर, उपमहानगरमा पार्टीवाट कसलाई उम्मेदवारी बनाउने भन्नेमा प्राय सवै राजनीतिक दलहरुले आन्तरिक तयारीमा छलफल शुरु गरेका छन् । निर्वाचन घोषणाका कारण राजनीतिक दलहरुले स्थानीय तह निर्वाचन केन्द्रीत कार्यक्रमहरु बनाउन आन्तरिक वैठक, कार्यक्रम बनाईसकेका छन् ।
गत स्थानीय तह निर्वाचनमा एमाले पहिलो शक्तिका रुपमा निर्वाचित भएको थियो । त्यसपछि दोस्रोमा कांग्रेस र तेस्रोमा माओवादी केन्द्र थियो ।
अहिले सत्ताको नेतृत्व गरिरहेको कांग्रेस स्थानीय तहमा पनि पहलिो पार्टी बन्ने रणनीतिमा जुटेको छ । एमालेबाट माधव नेपाल पक्ष वाहिरिएर अलग पार्टी निर्माण गरेको कारण एमालेलाई यो चुनावमा धक्का लाग्ने अनुमान गरिएको छ । तर उसले स्थानीय तहमा आफनो पार्टी नै पहिलो पार्टी बन्ने गरी आन्तरिक रणनीतिमा जुटिसकेको बताएको छ । माओवादी केन्द्र र माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी पार्टी भने गठवन्धन निर्माण गरेर चुनावमा जानेवारे छलफलमा जुटेका छन् ।













पल्टेको ग्यास बुलेट हटाउन नसक्दा १३ घण्टादेखि पूर्व-पश्चिम राजमार्ग अवरुद्ध
विद्यार्थीहरूलाई देशप्रेमको भावना जगाउँने शिक्षा दिनु आवश्यकः अध्यक्ष विजुक्छेँ
कांग्रेसबाट समानुपातिक सूचीमा पूर्व र वर्तमान राष्ट्रपतिका छोरा–छोरी पनि
कांग्रेस चुनावबाट भाग्दैन बरु हार्न तयार छ : कोइराला
पुतिनको निवासमाथि ड्रोन आक्रमण बनावटी दाबी मात्र : युक्रेन
एनएसजेएफ पल्सर स्पोट्र्स अवार्डको नयाँ मिति घोषणा, पावर्ड बाईमा यती एयरलाइन्स
प्रतिनिधिसभा निर्वाचन : आज र भोलि समानुपातिक निर्वाचनको बन्द सूची पेस गर्ने कार्यतालिका
रवि भन्छन् – सहमति नेताले खोजेजस्तो नभई देशलाई चाहिएजस्तो हुनुपर्छ
एमालेको आदिवासी जनजाति क्लस्टरतर्फ समानुपातिक सूचीको पहिलो नम्बरमा बादल
रवि–बालेनबिच ७ बुँदे सम्झौता : दल ‘राष्ट्रिय स्वतन्त्र पार्टी’ नै रहने, प्रधानमन्त्रीको उम्मेदवार बालेन बन्ने
प्रतिक्रिया