स्थानीय तह चुनाव
निर्वाचन आयोगको यस्तो छ कार्यतालिका तयारी
दल दर्ता चैत ६, उम्मेदवारी दर्ता बैशाख २ , उम्मेदवारको अन्तिम नामावली वैशाख १४ , मतदान बैशाख ३०

काठमाडौं । सरकारले आगामी वैशाख ३० गतेका लागि स्थानीय तहको चुनाव एकै चरणमा गर्ने गरी मिति घोषणा गरेपछि निर्वाचन आयोग निर्वाचन सम्वन्धी आन्तरिक तयारीमा जुटेको छ । आयोगले यस अगाडी नै मोटामोटी निर्वाचन खाका बनाएर प्रधानमन्त्री तथा मन्त्रीहरुलाई व्रिफिङ गरिसकेको थियो ।
सरकारले चुनावको मिति घोषणा गरेसँगै निर्वाचन आयोगले निर्वाचन प्रयोजनका लागि आन्तरिक कार्यतालिकाको तयारी थालिसकेको छ । निर्वाचन आयोग स्रोतका अनुसार, आयोगले आगामी चैत ६ गते निर्वाचन प्रयोजनका लागि राजनीतिक दल दर्ता, दल दतासँगै निर्वाचन आचारसंहिता जारी गर्ने भित्री तयारी गरेको छ ।
त्यसैगरी उसले आगामी वैशाख २ मा राजनीतिक दलले उम्मेदवारी दर्ता गर्ने र उम्मेदवारहरुको अन्तिम नामावली बैशाख १४ मा सार्वजनिक गर्ने गरी आन्तरिक निर्वाचन कार्यतालिकाको तयारी गरेको छ ।
त्यसपछि वैशाख ३० मा एकै चरणमा देशभर निर्वाचन हुनेछ ।
यो सम्भावित कार्यसूची आयोगले बनाएको हो । तर यस विषयमा अझै पनि आयोगका पदाधिकारीहरु छलफलमा रहेकोले कार्यतालिकामा सामान्य संशोधन हुनसक्ने आयोग स्रोतले जनाएको छ ।
निर्वाचन घोषणासँगै मतदाता नामावली संकलनको कार्य आयोगले रोकिसकेको छ । अहिले देशभर उसले काहाँ कति मतदाता छन भन्ने तथ्यांकको काम गरिरहेको छ । बढीमा तीन देखि चार साताभित्रै आयोगले मतदाता नामावली सार्वजनिक गर्ने तयारीको काम गरिरहेको आयोग स्रोतले बतायो ।
२०७७ पुस ५ सम्म १८ वर्ष पूरा भएका मतदाता १ करोड ६२ लाख ४३ हजार १ सय १० जना थिए । यसमा महिला ८० लाख ३० हजार ९ सय ८४ र पुरुष ८२ लाख ११ हजार ९ सय ५४ र तेस्रो लिंगी १ सय ७२ जना थिए । त्यसयता पनि मतदाता थपिएका छन् ।
निर्वाचन हुन ९४ दिन मात्रै छ ।
राजनीतिक दलहरु पनि आ-आफनो आन्तरिक तयारीमा जुटिसकेका छन् । उनीहरुले मुख्य-मुख्य स्थानमा उम्मेदवारका विषयमा पार्टिभित्र आन्तरिक छलफल शुरु गरिसकेका छन् । खासगरी महानगर, उपमहानगरमा पार्टीवाट कसलाई उम्मेदवारी बनाउने भन्नेमा प्राय सवै राजनीतिक दलहरुले आन्तरिक तयारीमा छलफल शुरु गरेका छन् । निर्वाचन घोषणाका कारण राजनीतिक दलहरुले स्थानीय तह निर्वाचन केन्द्रीत कार्यक्रमहरु बनाउन आन्तरिक वैठक, कार्यक्रम बनाईसकेका छन् ।
गत स्थानीय तह निर्वाचनमा एमाले पहिलो शक्तिका रुपमा निर्वाचित भएको थियो । त्यसपछि दोस्रोमा कांग्रेस र तेस्रोमा माओवादी केन्द्र थियो ।
अहिले सत्ताको नेतृत्व गरिरहेको कांग्रेस स्थानीय तहमा पनि पहलिो पार्टी बन्ने रणनीतिमा जुटेको छ । एमालेबाट माधव नेपाल पक्ष वाहिरिएर अलग पार्टी निर्माण गरेको कारण एमालेलाई यो चुनावमा धक्का लाग्ने अनुमान गरिएको छ । तर उसले स्थानीय तहमा आफनो पार्टी नै पहिलो पार्टी बन्ने गरी आन्तरिक रणनीतिमा जुटिसकेको बताएको छ । माओवादी केन्द्र र माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी पार्टी भने गठवन्धन निर्माण गरेर चुनावमा जानेवारे छलफलमा जुटेका छन् ।

















उदयपुरको त्रियुगा नदीमा झोलुङगे पुल निर्माण
पूर्णागिरि मेलापछि महेन्द्रनगरमा भारतीय दर्शनार्थीको घुइँचो
अष्ट्रेलियाको तेल सुरक्षा रणनीति: घरेलु कारखाना अनुदानमा संशोधन
श्रीलंकाको अर्थतन्त्र स्थिर, तर बाह्य जोखिम बढ्दो
कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु, गगन अनुपस्थित
ग्यास पूर्वाधारमा इजरायलले आक्रमण गरेपछि इरानकाे पक्षमा उत्रियाे कतार
खोटाङमा एयर डाइनेस्टीको हेलिकप्टर दुर्घटना
इरानकाे आक्रमण विरुद्ध खाडी मुलुकहरूको समर्थन गर्ने युक्रेनको घोषणा
रविको मुद्दा फिर्ताविरुद्धको रिट फेरि ‘हेर्दाहेर्दै’ मा, अर्काे सुनुवाइ पर्सि
इला होटल एण्ड रिसोर्टको प्रमुख कार्यकारी अधिकृतमा लक्ष्मण थापा नियुक्त
प्रतिक्रिया