भारतको सिमलामा बेचिएकी एक महिलाको उद्धार
मेरोन्यूज
२०७८ माघ २६ गते १५:०८
महेन्द्रनगर । भारतको सिमलामा घरेलु कामदारका रुपमा बेचिएकी एक महिलाको माइती नेपाल कञ्चनपुरले उद्धार गरी महेन्द्रनगर पु¥याएको छ । सिमलामा स्याउ फार्म सञ्चालन गरिरहेका साहुको घरबाट माइती नेपालले भारतीय प्रहरीको सहयोगमा महिलाको पाँच महिनापछि सकुशल उद्धार गरेको हो ।
माइती नेपाल कञ्चनपुरका संयोजक महेश्वरी भट्टले महिलालाई ५० हजार भारतीय रुपैयाँमा महिलालाई कामदारका रुपमा बिक्री गरिएको बताए । ‘सल्यानकी ती महिलालाई साहुसित बेचेर मान्छे फरार भएछ’संयोजक भट्टले भने,‘घटना विवरणलाई नियाल्दा कोहलपुरका गोपाल विकले विवाह गर्ने प्रलोभनमा ललाईफकाइ भारत लगेको देखिन्छ ।’
उनले सिमलाको बागीबाट महिलालाई उद्धार गरी माइती नेपालको संरक्षणमा राखिएको बताउनुभयो । माइती नेपालले फरार रहेका विकमाथि कानुनी कारबाहीका लागि प्रक्रिया अगाडि बढाउने तयारी गरेको छ ।रासस
सम्बन्धित

















सुडानको डार्फर अस्पतालमा आक्रमण: ६४ जनाको मृत्यु
एभरेष्ट बैंकद्वारा नयाँ वर्ष २०८३ सालको कर्पोरेट क्यालेन्डर सार्वजनिक
देशका विभिन्न भागबाट लागुऔषधसहित सात जना पक्राउ
सम्झौताअनुसार काम नगर्ने कम्पनीलाई एक करोड १६ लाख जरिवाना
नेपालमा इन्फिनिक्सको ‘नोट ६०’ सिरिज र ‘नोट एज’ सार्वजनिक
राष्ट्रिय सभा सदस्य नपाएपछि प्रधानमन्त्रीका सल्लाहकारद्वयकाे राजीनामा !
चाडमा सुडानी ड्रोन आक्रमण, १७ जनाको मृत्यु
ज्ञानेन्द्र शाही बने राप्रपा संसदीय दलको नेता
चैत १३ गते प्रधानमन्त्रीको शपथ लिने बालेनको तयारी
बुवा मजदुरी गर्न साउदी, नेपालमा छोरी सांसद
प्रतिक्रिया