कृषि तथा भूमि व्यवस्था समितिका सभापतिमा श्रीवास्तव निर्वाचित

जनकपुर । मधेस प्रदेशअन्तर्गत कृषि तथा भूमि व्यवस्था समितिको सभापतिमा प्रदेशसभा सदस्य मदनसेन श्रीवास्तव निर्वाचित भएका छन् । प्रदेशसभामा आज भएको मतदानमा नेकपा (एकीकृत समाजवादी) का श्रीवास्तवले सात मत ल्याएका हुन् ।
उनका प्रतिद्वन्द्वी नेकपा एमालेका जगतारनदेवी साह सुडीले तीन मत प्राप्त गरे । प्रदेशसभा सचिवलायका सचिव रञ्जितकुमार यादवले जानकारी दिए ।
सार्वजनिक लेखा समितिका सभापतिका लागि आज दिउँसो १ बजे प्रदेशसभामा मतदान हुने कार्यसूची रहेको प्रदेशसभा सचिवालयले जनाएको छ ।
सार्वजनिक लेखा समितिका सभापतिका लागि सत्तारुढ गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका नरेशकुमार राय यादव र प्रतिपक्षी गठबन्धनका तर्फबाट लोकतान्त्रिक समाजवादी पार्टीका प्रह्लाद गिरीले उम्मेदवारी दर्ता गरे ।
प्राकृतिक स्रोत तथा वातावरण समितिको सभापतिमा भने नेकपा माओवादी केन्द्रका जगतप्रसाद यादव निर्विरोध निर्वाचित भए ।रासस
















स्वास्थ्य मन्त्रालयका १९३ पदाधिकारी पदमुक्त
१९ जिल्लामा हुलाकको घरमै सेवा : राहदानी, लाइसेन्स, शैक्षिक प्रमाणपत्रलगायत कागजात ढुवानी
पाठ्यक्रम समयसापेक्ष पुनरावलोकनका लागि कार्यदल गठन
राष्ट्रपतिद्वारा संसद्का दुवै सदनको अधिवेशन आह्वान
चिकित्सक संघको अध्यक्षमा डा बद्री रिजाल
सुकुमवासीलाई चैत मसान्तभित्र व्यवस्थित बासस्थान उपलब्ध गराउन सरकारलाई रास्वपाको आग्रह
विवादपछी अमेरिकाले जर्मनीबाट पाँच हजार सेना फिर्ता गर्दै
बालेनलाई ज्ञवालीको प्रश्न: बागमती किनारमा बगिरहेका आँशुले कसरी नेपाल हाँसिरहेको देखिन्छ?
इरानको तेल किन्ने कम्पनीहरूमाथि अमेरिकाले लगाएको प्रतिबन्ध चीनद्वरा खारेज
अमेरिकालाई ‘सम्झौता वा युद्ध’ एक रोज्न इरानको चेतावनी
प्रतिक्रिया