निर्वाचन आयोगमा नयाँ पार्टी दर्ता गराउनका लागि निवेदन दिने तयारीमा हृदयश त्रिपाठी

काठमाडौं । हृदयश त्रिपाठी नेतृत्वको ‘जनता प्रगतिशील पार्टी’ निर्वाचन आयोगमा दर्ता गर्न प्रक्रिया अगाडी बढाएको छ । उक्त पार्टीका नेता राधेरमण पाण्डेले निर्वाचन आयोगमा पार्टी दर्ता गराउनका लागि निवेदन दिने तयारी भइरहेको बताए ।
उनलेभने,‘ अहिले निवेदन दर्ताका लागि आवश्यक कागजपत्र तयार गरिरहेका छौं, सबै तयारी पुरा भएमा बिहिबार दल दर्ताका लागि आयोग जान्छौं ।’
त्रिपाठी अध्यक्ष रहने गरी जनता प्रगतिशिल पार्टीमा २१ सदस्यीय केन्द्रीय कार्य समिति रहने बताइएको छ ।
मंगलबार अध्यक्ष त्रिपाठीसहितका केही नेताहरु निर्वाचन आयोग पुगेर स्थानीय तहको नामांकन र सीमांकन बारे भएको निर्णय कार्यान्वयन गराउन माग गरेका थिए।
स्थानीय तहको चुनावअघि नै आयोगको सिफारिश अनुसार प्रदेश १, लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशमा पनि कार्यान्वयन हुनुपर्ने भनि निर्वाचन आयोगका प्रमुख आयुक्त दिनेशकुमार थपलियालाई ध्यानाकर्षण समेत गराएका थिए ।
यता, प्रमुख आयुक्त थपलियाले सरकारले पत्र पठाउने वित्तिकै आफूहरुले त्यसलाई कार्यान्वयनमा ल्याउने बताएका थिए ।















वीरगञ्जबाट २० लाख हुण्डी रकमसहित एक जना पक्राउ
प्रधानमन्त्रीद्वारा निर्वाचन सफल पार्न भूमिका खेल्ने सबैलाई धन्यवाद ज्ञापन
बाजुरामा अपाङ्गता भएकालाई घरमै नागरिकता वितरण
निर्वाचन सफल बनाउन योगदान दिने सुरक्षा निकायप्रति प्रधानमन्त्रीद्वारा आभार व्यक्त
ग्यास पूर्वाधारमा इजरायलले आक्रमण गरेपछि इरानकाे पक्षमा उत्रियाे कतार
इरानकाे आक्रमण विरुद्ध खाडी मुलुकहरूको समर्थन गर्ने युक्रेनको घोषणा
खोटाङमा एयर डाइनेस्टीको हेलिकप्टर दुर्घटना
इला होटल एण्ड रिसोर्टको प्रमुख कार्यकारी अधिकृतमा लक्ष्मण थापा नियुक्त
चैत ५ गते बिहीबार को राशिफल, कस्ताे रहला तपाइकाे आजकाे दिन ?
प्रतिक्रिया