मंगलबार, पुष १५, २०८२

ओलीसँग भएको भेटको ब्रिफ्रिङ गर्न कोइराला बालुवाटार जादै

मेरोन्यूज २०७८ माघ २६ गते १६:०९

काठमाडौं । नेपाली कांग्रेसका नेता डा.शेखर कोइराला प्रधानमन्त्री एवम् पार्टी सभापति शेरबहादुर देउवालाई भेट्न बालुवाटार जादै छन् । अहिले केही बेरमा कोइराला बालुवाटार पुग्ने स्रोतले बताएको छ । देउवालाई भेट्नुअघि डा. कोइराला आफ्नो समूहका नेताहरुसँग छलफल गरेका गरेका थिए ।

मंगलबार कांग्रेस नेता कोइरालाले नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीसँग बालकोट पुगेर भेटवार्ता गरेका थिए। सो भेटमा संसदबाट एमसीसी अनुमोदन गर्ने, स्थानीय तहको निर्वाचन र अवरुद्ध संसद खुलाउने विषयमा समेत दुई नेताबीच छलफल भएको थियो।

नेता कोइरालाले सभापति देउवासँगको भेटमा ओलीसँग भएका छलफल बारे ब्रिफ्रिङ गर्ने स्रोतले जानकारी दियो ।
बम

प्रतिक्रिया