साना पार्टीमा फेरि देखिन थाल्यो लफडै-लफडा
स्थानीय तहको चुनाव सम्मुखमा आउँदै गर्दा साना दलभित्रको आन्तरिक किचलो झाँगिएको छ

काठमाडौं । सरकारले स्थानीय तहको निर्वाचन मिति घोषणा गरेका बेला दलहरु आन्तरिक एक्ता बलियो बनाएर निर्वाचन तयारीमा जुटनु पर्ने बेलामा साना राजनीतिक दलहरुमा भने आनत्रिक द्दन्द्द चर्किन थालेको छ ।
द्दन्द्द चर्किदै जाँदा कतिपय साना दलहरुमा विभाजनको विउ समेत रोपिइसकेको छ । राप्रपामा राप्रपा नेपालको नेतृत्वमा करिव १५ वर्ष नेतृत्व सम्हालेका कमल थापाले पार्टी परित्यागको घोषणा गरिसकेका छन् । उनको साथमा केही राप्रपाका सस्थापक नेताहरु जाने तयारीमा लागिसकेका छन् ।
राप्रपामा मात्रै होइन, संसदको चौथो दल जनता समाजवादी पार्टी (जसपा)मा पनि विभाजनको घण्टी बज्न थालेको छ ।
जनता समाजवादी पार्टी ९जसपा० को आन्तरिक विवाद उत्कर्षमा पुग्दै गर्दा अध्यक्ष उपेन्द्र यादव र संघीय परिषद् अध्यक्ष डा। बाबुराम भट्टराई पक्ष आ आफनो समुह बलियो बनाउन कम्मर कसेर लागेका छन् ।
यादवको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै भट्टराई र वरिष्ठ नेता अशोक राईलगायतले तत्काल केन्द्रीय कार्यकारिणी समितिको बैठक बोलाउन माग गरिरहेका छन् । तत्काल बैठक नबोलाइए कार्यकारिणी समितिमा अध्यक्षविरुद्ध बहुमत पुगेको र त्यही अनुसार प्रक्रिया अगाडी बढने दावी उक्त समहुले गरिरहेको छ ।
अध्यक्ष यादवले सरकारमा मन्त्रीको नाम पठाउने बेला देखि राष्ट्रियसभा निर्वाचनमा उम्मेदवारी बनाउने सम्ममा एकलौटी ढंगले उम्मेदवार तोकेको आरोप यादवमाथी लगाईएको छ ।
यही विवादले उग्र रुप जसपाभित्र लिँदै जान थालेको छ । भट्टराई पक्ष पार्टीमा सकेसम्म ५१ प्रतिशत पुर्याषउने, नभए अर्को पार्टी गठन गर्ने तयारीमा जुटेको छ । अध्यक्ष यादवलाई अन्तिम दबाबका रूपमा तत्काल केन्द्रीय समिति बैठक बोलाउन आग्रह गरिएको, त्यो नमाने बहुमत सदस्यको अधिकार प्रयोग गरेर बैठक बस्ने तयारी रहेको भट्टराई पक्षका नेताहरुले बताउँदै आएका छन् ।
पार्टी विभाजित हुने अवस्था आएमा भने भटटराई पक्षले पहिले जसपावाटै फुटेको लोकतान्त्रिक समाजवादी पार्टी ९लोसपा० सँग एकताको प्रयास समेत गर्ने गरी भित्री तयारी गरिरहेको स्रोतहरुको भनाई छ ।
त्यसका लागि डा भट्टराई र लोसपाका नेताबीच छलफल र भेटघाट भइरहेको पनि बताईएको छ ।
उता लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)भित्र पनि उस्तै किचलो छ । पार्टी निर्वाचन आयोगमा दर्ता पछि अहिलेसम्म कार्यकारीणी समितिको बैठक नै बोलाउन सक्ने अवस्थामा लोसपा पनि छैन । स्थापना यता नै केही केन्द्रीय कार्याकारीणी समिति सदस्यले नै उक्त पार्टी छोडिसकेका छन् । मधेस आन्दोलनपछि महन्थ ठाकुरलाई नयाँ दल खोल्न महत्वपूर्ण सहयोग गदैं आएका लोसपाका नेता वृषेशचन्द्र लालले उक्त पार्टी छाडेर फेरि तराई मधेस लोकतान्त्रिक पार्टी (तमलोपा)लाई ब्युँत्याउने प्रयास गरेका छन् ।
लालले पुरानो तमलोप दर्ता गरेर निर्वाचन आयोगबाट प्रमाणपत्र प्राप्त गरिसकेको समेत जिकिर गरिरहेका छन् । अहिले उनले तराई मधेस क्षेत्रका विभिन्न् राजनीतिक दलका नेता कार्यकर्ता भेटने देखि जिल्ला भेलाहरु आयोजना गर्ने तयारीमा उनीहरु लागेका छन् । लाल निकटका नेताहरु फागुनभित्र नयाँ दलले आकार लिइसक्ने बताउँछन् । लालको यो अभियानलाई संविधानसभाका सदस्य विजयकुमार सिंहले साथ दिँदै आएको देखिन्छ ।
मंगलबार राप्रपा छोडेका कमल थापाले नयाँ दल तयारी गरेका छन् । उनलाई उद्दव पौडेल लगायतले साथ दिने भएका छन् । हिन्दुवादी एजेण्डा बोकेर थापाले नयाँ राजनीतिक दल गठनको तयारी गरेका हुन् । फागुन ७ गते नयाँ दल घोषणा गर्ने तयारीका साथ थापा अहिले आन्तरिक तयारीमा जुटिसकेका छन् ।
बिबेकशील साझा पार्टीभित्रको लफडा उस्तै छ । रविन्द्र मिश्रको विरुद्धमा मिलन पाण्डे सर्वाेच्च अदालत सम्म पुगिसकेका छन् । अध्यक्ष रवीन्द्र मिश्रविरुद्ध सर्वोच्च अदालतमा पाण्डेले रिट निवेदन दर्ता गरेका छन् । अध्यक्ष मिश्रका साथै निर्वाचन आयोगलाई समेत विपक्षी बनाएर पाण्डेले रिट दायर गरेका छन् ।
२७ भदौ २०७८ पश्चात् विवेकशील साझा पार्टीको विधान २०७४ ९पहिलो संशोधन० खारेजी, नयाँ विधान २०७८ जारी र केन्द्रीय सदस्यहरूको राजीनामा स्वीकृति तथा केन्द्रीय संयोजक मिलन पाण्डेउपरको कारवाहीको निर्णय बदर गर्न माग गरिएको छ । त्यस पूर्वको विधि, विधान र प्रक्रियाको आधारमा पार्टीलाई सञ्चालन गर्नु गराउनु भनी विपक्षीहरूका नाममा परमादेशको मागसमेत गरिएको छ ।
बैकल्पिक राजनीतिक शक्तिका रुपमा उदाउने उदघोष गरेर जन्मिएको यो पार्टीभित्रको विवादले उग्र रुप लिएपछि वैकल्पिक शक्तिका रुपमा उदाउने यो पार्टीको सपनामा व्रेक लाग्ने भएको छ । स्थानिय तहको चुनाव नजिकिँदै गर्दा उक्त पार्टीमा आएको विभाजनले आउने चुनावमा विवेकशीललाई धक्का लाग्ने देखिएको छ ।
नेकपा (मसाल) र उ निकटको राष्टिय जनमोर्चामा विवादै- विवाद देखिएको छ । विवादका कारण उक्त पार्टी पनि चोइटिसकेको छ ।
केही नेताले पार्टी छोडेर माओवादी केन्द्रसाग एकता गरिसकेको छ । थप नेताहरुले समानान्तर कमिटि बनाएका छन् । राष्टिय जनमोर्चाका अध्यक्ष चित्रवहादुर केसी रहेपनि उनको समानान्तर हुने गरी अध्यक्ष कृष्णराज पौडेल, उपाध्यक्षहरू चिन्तामणि पौडेल, सूर्या थापा र सुरेन्द्र भण्डारी, महासचिव लालबहादुर जाग्री, कोषाध्यक्ष ओमबहादुर केसी र सचिव गौरीलाल कार्की रहने गरी समानान्तर कमिटि बनेको छ । केसीले भने यसलाई पहिले नै पार्टी छोडेर हिडेकाहरुले गरेको यस्तो प्रचारवाजीमा सत्यता नरहेको बताएका छन् ।
तर पनि जनमोर्चामा यसले धक्का लागेको छ ।
नेपालका दुई कम्युनिष्ट पार्टी वीचको क्एतापछि बनेको नेकपालाई नै अवैधानिक बनाईदिने सम्मका काम गरेका ऋषि कट्टेलको नकेपा नै विभाजित भएको छ । कट्टेललाई लोकनारायण सुवेदी लगायत नेताले पार्टीबाट निष्काशन गरेको छ ।
कट्टेलले दलको विधान २०६९, राजनीतिक दलसम्बन्धी ऐन २०७३, नेपालको संविधानविपरीत दलको अहितमा काम गरेकाले निष्काशन गरिएको सुवेदीहरुले बताएका छन् ।
स्पष्टीकरण सोधिएकोमा कुनै जवाफ नदिनुभएकोले राजनीतिक दलसम्बन्धी ऐन २०७३ को दफा १८, नेपाल कम्युनिस्ट पार्टीको विधान २०६९ को धारा १७।११ बमोजिम दलको साधारण सदस्यसमेत सम्पूर्ण पद र जिम्मेवारीबाट छानबिन समितिको सिफारिस प्रतिवेदनबमोजिम आजैको मितिदेखि निष्काशन गरिएको व्यहोरा जानकारी गराइन्छ, कावा अध्यक्ष लोकनारायण सुवेदीद्वारा लेखिएको पत्रमा भनिएको छ। तर कट्टेलले आफु माथी गरिएको कारवाहीमा कुनै वैधानिकता नरहेको जिकिर गरिरहेका छन् ।
अन्य साना दलहरुभित्र पनि उस्तै लफडा छ । नेकपा एकीकृत माओवादीवाट गोपाल किराँतीलाई पार्टीवाटै निश्कासन गरिएको समाचार सोमबार मात्रै सार्वजनिक भएको थियो ।
यसले साना दलहरुभित्र झन ठूला समस्या निम्तेको र त्यसले अन्तत पार्टी नै टुक्रा टुक्रा हुने समस्या दोहोरिरहेको छ ।
















मौसम पूर्वानुमान : मेघगर्जनसहित भारी वर्षाको सम्भावना
आज वैशाख २१ गते सोमबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
अमेरिकालाई पठाइएको इरानको नयाँ प्रस्तावमा के छ ?
खारेज भयो निजामती कर्मचारीको ट्रेड युनियन
लिपुलेक हुँदै कैलाश मानसरोवर यात्राको विरोधमा सरकारले पठायो भारत–चीनलाई पत्र
सुकुमवासीलाई चैत मसान्तभित्र व्यवस्थित बासस्थान उपलब्ध गराउन सरकारलाई रास्वपाको आग्रह
राष्ट्रपतिद्वारा सम्पत्ति शुद्धीकरण अध्यादेश जारी
सुनचाँदीको मूल्य वृद्धि, आजको कारोबारको मूल्य कति ?
सशस्त्र प्रहरी महानिरीक्षक अर्यालको फौजी परम्पराअनुसार बिदाइ
सिरहा बम विस्फोट घटनाका अभियुक्त यादव पुर्पक्षका लागि कारागार चलान
प्रतिक्रिया