एमालेको पार्टी नियमावली संशोधन, के-के भयो संशोधन ? (नियमावलीसहित)

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले पार्टीको नियमावली संशोधन गरेको छ । नियमावलीमा केन्द्रीय विभागहरुको आकार बढाएको छ भने विभागका सचिव केन्द्रीय कमिटिले चयन गर्ने गरी संशोधन गरिएको छ ।
यस अगाडी विभाग प्रमुख पार्टीले चयन गर्ने र सचिव विभागले चयन गर्ने गरी नियमावलीमा ब्यवस्था थियो । तर अव देखि विभागको सचिव पनि केन्द्रीय कमिटिले नै चयन गर्ने गरी नियमावली संशोधन गरिएको हो ।
संसोधित नियमावली अनुसार अव देखि प्रत्येक विभागमा थप १० जना थपिनेछने । यसो गर्दा अव विभागमा ३५ जना सम्म सदस्य हुन पाउने ब्यवस्था नियमावलीमा गरिएको छ । यस अगाडी २५ जना एउटा विभागमा रहने गरी ब्यवस्था गरिएको थियो । एमालेको ३३ वटा पार्टीको विभाग छ ।
नियमावलीले पार्टी सदस्यता शुल्क मासिक १५ रुपैया कायम गरेको छ । पार्टी सदस्यहरुको लेबीको मासिक ५ रुपैया केन्द्रीय कमिटीमा बुझाउनु पर्ने व्यवस्था नियमावलीमा गरिएको छ ।
सांसद,मन्त्री,प्रधानमन्त्री तथा संघीय सरकारबाट राजनीतिक नियुक्ति लिने व्यक्तिको लेबी केन्द्रीय कमिटीले तोक्ने तथा अन्य जन प्रतिनिधि र नियुक्ति खाने व्यक्तिको लेबी सम्बन्धित कमिटीबाट तोक्ने व्यवस्था गरिएको छ ।
एमाले प्रचार विभाग उपप्रमुख विष्णु रिजालले पार्टीले आज ‘नेपाल कम्युनिष्ट पार्टी (एकीकृत माक्र्सवादी–लेनिनवादी) को नियमावली, २०५७ (चौथो संशोधन २०७८ सहित)’ र ‘नेपाल कम्युनिष्ट पार्टी (एमाले), जनसंगठन समन्वय सम्बन्धी निर्देशिका–२०७८’ जारी गरि लागू गरेको जानकारी दिएका छन् ।
हेर्नुहोस एमालेको संसोधित नियमावलीको पूर्ण पाठ
















कर्मचारीले इन्धन दुरुपयोगको गरेको आरोप स्वास्थ्यमन्त्रीले लगाएपछी मन्त्रालयले भन्यो- दुरुपयोग भएको छैन
सुकुम्बासी देखी लिपुलेकसम्म यस्ता छन् कांग्रेस बैठकका ७ निर्णय
अमेरिकी जहाजलाई इरानले होर्मुजमा गर्यो आक्रमण
विश्वकै व्यस्त मानिने दुबई विमानस्थलमा यात्रुको सङ्ख्यामा ६६ प्रतिशतको गिरावट
नेपाललाई तेक्वान्दोमा चार स्वर्ण पदक
सुकुमवासीलाई चैत मसान्तभित्र व्यवस्थित बासस्थान उपलब्ध गराउन सरकारलाई रास्वपाको आग्रह
नारायणगढ–बुटवल सडकः दाउन्नेमा एकतर्फी ढलानको काम सकियो
वैशाख १९ गते शनिबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
मौसम पूर्वानुमान : केही यी स्थानमा मध्यम वर्षा तथा हिमपातको सम्भावना
विवादपछी अमेरिकाले जर्मनीबाट पाँच हजार सेना फिर्ता गर्दै
प्रतिक्रिया