एसईईकाे परीक्षा तालिका सार्वजनिक
मेरोन्यूज
२०७८ माघ २७ गते ८:२९

काठमाडौं । आगामी ९ वैशाखमा माध्यमिक शिक्षा परीक्षा (एसईई)घोषणा गरेको राष्ट्रिय परीक्षा बोर्डले परीक्षा तालिका पनि सार्वजनिक गरेको छ ।
राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष महाश्रम शर्माले ९ देखि २० वैशाखसम्म परीक्षा सञ्चालन गर्ने निर्णय भएको बताए । तालिका अनुसार आगामी ९ वैशाखमा अनिवार्य अंग्रेजी विषयको परीक्षा हुनेछ । सोही दिन वेदविद्याश्रम तर्फ अनिवार्य संस्कृत भाषा र साहित्यको पनि परीक्षा हुने तालिकामा उल्लेख छ ।
११ वैशाखमा अनिवार्य गणित र १२ मा अनिवार्य नेपालीको परीक्षा हुनेछ ।
परीक्षा बिहान ८ बजेदेखि ११ बजेसम्म चल्नेछ । कोरोना महामारीका कारण कारण अघिल्ला दुई वर्ष भने एसईई भएको थिएन ।
विद्यालयको आन्तरिक मूल्यांकनलाई नै परीक्षा बोर्डले वैधानिकता दिएको थियो ।

सम्बन्धित
















होर्मुजमा तनाव बढ्दा अन्तराष्ट्रिय बजारमा तेलको मूल्यमा व्यापक वृद्धि
भारतको विधानसभा निर्वाचन : उलटफेर परिणाम
प्रधानमन्त्री बालेन भन्छन्- विद्यार्थी र कर्मचारी संगठनहरू दलको ‘स्लिपर सेल’ भए
ओमान विरुद्ध ब्याटिङ गर्दै नेपाल, दुई खेलाडी परिवर्तन
रोशी खोलामा फसेका ८९ यात्रुको उद्धार
सुकुमवासीलाई चैत मसान्तभित्र व्यवस्थित बासस्थान उपलब्ध गराउन सरकारलाई रास्वपाको आग्रह
विवादपछी अमेरिकाले जर्मनीबाट पाँच हजार सेना फिर्ता गर्दै
बालेनलाई ज्ञवालीको प्रश्न: बागमती किनारमा बगिरहेका आँशुले कसरी नेपाल हाँसिरहेको देखिन्छ?
इरानको तेल किन्ने कम्पनीहरूमाथि अमेरिकाले लगाएको प्रतिबन्ध चीनद्वरा खारेज
कांग्रेसले बोलायो केन्द्रीय कार्यसम्पादन समितिको बैठक
प्रतिक्रिया