रसुवागढीबाट आयात हुन थाल्यो

रसुवा । हिमपातका कारण ठप्प भएको रसुवागढी नाकाबाट आयात पुनः सञ्चालन भएको छ ।
चिनियाँ नयाँ वर्षका अवसरमा सोमबार र मंगलबार बन्द भएर बुधबार मात्रै खुला भएको नाका गत शुक्रबार र शनिबार हिमपातका कारण फेरि अवरुद्ध भएको थियो । चिनियाँ भूभागका सडकमा बाक्लो हिउँ जमेका कारण केरुङबाट रसुवागढीतर्फ आउने कन्टेनर उतै रोकिएका थिए । हिउँ पग्ल्लिएसँगै बुधबार नौवटा टेलरमार्फत सामान आयात भएको हो ।
हिमपातका कारण चिनियाँ सवारीसाधन गुड्न नसक्दा रोकिएका सामग्री रसुवागढी नाकामा आउन थालेको रसुवा भन्सार कार्यालयले जनाएको छ । रसुवागढी मितेरी पुलमा तैनाथ सुरक्षाकर्मीका अनुसार बुधबार नौवटा चिनियाँ टेलरमार्फत आएका सामग्री नेपाली सवारीसाधनमा पल्टि भई परीक्षणका लागि भन्सार हातामा पठाइसकिएको छ ।
आयातकर्ता व्यवसायीले परिमाण घोषणा गर्नासाथ परीक्षण कार्य छिटोछरितो अगाडि बढाउन आफ्ना जाँचकी तयार रहेको भन्सार अधिकारीले जनाएका छन् । बुधबार आयात भएको सामग्रीमा नेपालमा सञ्चालित जलविद्युत् आयोजनाको उपकरणलगायत विभिन्न सामग्री रहेको सुरक्षाकर्मीले बताएका छन् ।
आयात भएका चिनियाँ सामग्री रसुवाबाट काठमाडौं ढुवानीका लागि सयौँ नेपाली कन्टेनर टिमुरेमा लामबद्ध भइसकेको सुरक्षाकर्मीले जनाएका छन् । भन्सार अधिकृत मदन श्रेष्ठका अनुसार चालु आर्थिक वर्षको गत साउनदेखि माघ २६ गतेसम्म चार अर्ब ७६ करोड ६० लाख ५२ हजार रुपैयाँ राजस्व संकलन भएको छ ।
रसुवागढी नाकाबाट केरुङसम्मको दूरी २४ किलोमिटर मात्रै छ । रसुवागढी नाकाबाट हुँदै आएको आयात–निर्यात झन्डै दुई वर्षयता पटक–पटक प्रभावित हुँदै आएको छ । विभिन्न पर्व, हिमपात, पहिरो र कोरोना महामारीका कारण पटक–पटक नाका बन्द भएको छ । रासस













पल्टेको ग्यास बुलेट हटाउन नसक्दा १३ घण्टादेखि पूर्व-पश्चिम राजमार्ग अवरुद्ध
विद्यार्थीहरूलाई देशप्रेमको भावना जगाउँने शिक्षा दिनु आवश्यकः अध्यक्ष विजुक्छेँ
कांग्रेसबाट समानुपातिक सूचीमा पूर्व र वर्तमान राष्ट्रपतिका छोरा–छोरी पनि
कांग्रेस चुनावबाट भाग्दैन बरु हार्न तयार छ : कोइराला
पुतिनको निवासमाथि ड्रोन आक्रमण बनावटी दाबी मात्र : युक्रेन
एनएसजेएफ पल्सर स्पोट्र्स अवार्डको नयाँ मिति घोषणा, पावर्ड बाईमा यती एयरलाइन्स
प्रतिनिधिसभा निर्वाचन : आज र भोलि समानुपातिक निर्वाचनको बन्द सूची पेस गर्ने कार्यतालिका
रवि भन्छन् – सहमति नेताले खोजेजस्तो नभई देशलाई चाहिएजस्तो हुनुपर्छ
एमालेको आदिवासी जनजाति क्लस्टरतर्फ समानुपातिक सूचीको पहिलो नम्बरमा बादल
रवि–बालेनबिच ७ बुँदे सम्झौता : दल ‘राष्ट्रिय स्वतन्त्र पार्टी’ नै रहने, प्रधानमन्त्रीको उम्मेदवार बालेन बन्ने
प्रतिक्रिया