कमल थापाले पार्टी छाड्दा असर हुँदैन : राजेन्द्र लिङ्देन

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले निवर्तमान अध्यक्ष कमल थापाले पार्टी छोडे पनि असर नपर्ने बताएका छन् । बुधवार न्यूज एजेन्सी नेपालसँग कुरा गर्दै उनले निवर्तमान अध्यक्ष थापाले पार्टी परित्याग गरे पनि पार्टीको आगामी जीवनमा फरक नपर्ने बताएका हुन् ।
अध्यक्ष लिङ्देनले राप्रपा अझै दृढ, संगठित र सशक्त रुपले अगाडि बढ्ने बताए । ‘यस प्रकारको अनपेक्षित घटनाले राप्रपा, हामी सबैलाई दुःखी त बनायो नै तर, यो राप्रपाको जीवनमा सधैँ सम्झनामा राखिने विषय, छलफल र चासोको विषय भए पनि हाम्रो आगामी जीवनमा फरक पार्दैन,’ उनले भने, ‘हामी अझ दृढ, अझ संगठित र अझ सशक्त भएर अगाडि बढ्छौँ ।’
उनले निवर्तमान अध्यक्ष थापाको पार्टी परित्यागको घटनाबाट विचलित नहुनका लागि नेता, कार्यकर्ताहरुलाई आह्वान गरे । पार्टीलाई शक्तिमा रुपान्तरण गरेर अगाडि बढ्ने भन्दै उनले पार्टीको महत्वपूर्ण जिम्मेवारीमा रहेका नेताहरुले त्यस प्रकारको काम नगर्नेमा विश्वास व्यक्त गरेका थिए ।
अध्यक्ष लिङ्देनले थापालाई निर्णय सच्याएर पुर्नविचार गर्न आग्रह गरेका थिए । थापाको यस निर्णयले उनकै राजनीतिक भविष्य नरहेको भन्दै उनले निर्णय सच्याएर राप्रपामै फर्किन आग्रह गरे । ‘हामीले औपचारिक रुपमै भनेका छौँ यो निर्णयबाट हामी दुःखी छौँ, यो निर्णय सच्याउन, यो निर्णयमा पुर्नविचार गर्न आग्रह गर्छौँ भनेर भनेका छौँ,’ उनले भने, ‘उहाँलाई आग्रह गर्न चाहान्छु, उहाँ स्वयम्को राजनीतिक भविष्यका लागि समेत यो निर्णय सच्याउनु उचित हुन्छ, राम्रो हुन्छ, फलदायी हुन्छ, र राप्रपा सदैव उहाँको लागि ढोका खुल्ला गरेर बसेको छ ।’














होर्मुज जलडमरूमध्यमा इरानको सुरक्षा निगरानी कडा
स्रोत नखुलेको रु २७ लाखसहित दुई जना पक्राउ
पहिराले मुख्य राजमार्ग र सडकखण्ड पूर्ण रुपमा अवरुद्ध
सर्पले टोकेको फलफूल-तरकारी विषालु हुन्छ ?
पुरानै शैली र प्रवृत्ति तोडेर रुपान्तरणकारी बजेट आउँछः अर्थमन्त्री वाग्ले
राष्ट्रपतिद्वारा सार्वजनिक खरिद अध्यादेश जारी
रोल्पा दुर्घटना अपटेडः मृतकको सङ्ख्या २० पुग्यो
प्रतिक्रिया