मंगलबार, वैशाख २२, २०८३

कमल थापा पार्टीमा फर्किने आशा छ : पूर्वअध्यक्ष पशुपति

मेरोन्यूज २०७८ माघ २७ गते १४:५०
फाइल फोटो

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का पूर्वअध्यक्ष पशुपति समशेर जबराले पार्टी परित्याग गरेका अर्का पूर्वअध्यक्ष कमल थापा पुनः पार्टीमा फर्किनेमा आशा गरेका छन् । बिहीबार पार्टी कार्यालय धुम्बाराहीमा बसेको केन्द्रीय पदाधिकारी बैठकअघि सञ्चारकर्मीसँग बोल्दै पूर्व अध्यक्ष समशेरले यस्तो बताएका हुन् ।

Advertisement
NiccNicc

उनले थापालाई धैर्य गर्न र छलफल गरेर मात्रै निर्णय लिन अनुरोध गरे पनि अस्वीकार गरेकोमा दुःख लागेको बताए । उनले पूर्व अध्यक्ष थापाले पार्टी परित्यागको घोषणा गर्नु अनपेक्षित घटना भएको बताएका थिए ।

‘यो अनपेक्षित घटना हो, उनको धेरै गुनासोहरु सार्वजनिक भइसकेको थियो, तर हाम्रो कुरा हुँदा यी सबै कुरालाई अलि धैर्य लिएर छलफल गरौँ भनेर मैले अनुरोध गरेको थिएँ,’ पूर्व अध्यक्ष समशेरले भने, ‘त्यो अनुरोध स्वीकार हुन्छ भन्ने आशा गरेको थिएँ, अपर्झट निर्णय आयो, दुःख लाग्दो कुरा हो, तीनै चरणको निर्वाचनमा पार्टीले गम्भीर भएर सोच्नु पर्छ, उहाँ पार्टीमा पुनः फर्किनुहोस् भन्ने आशा छ ।’

पूर्वअध्यक्ष शमेशरले आगामी तीनै चरणको निर्वाचनमा पार्टी गम्भीर भएर लाग्नु पर्ने बताए ।

प्रतिक्रिया