शुक्रबार, माघ २, २०८२

जन्ती बोकेको ट्याक्टर दुर्घटना, घाइते हुनेको संख्या २३ पुग्यो

मेरोन्यूज २०७८ माघ २७ गते १४:५६

उदयपुर । उदयपुरको त्रियुगा नगरपालिका १६ रातापानीबाट जन्ती बोकेर नेपालटारतर्फ जाँदै गरेको ट्याक्टर दुर्घटना हुँदा एक जनाको घटनास्थलमै ज्यान गएको छ । २३ जना घाइते भएका छन् ।

आहाले रातापानीबाट उदयपुरगढीको नेपालटार धप्पर बिहेको जन्ती लिएर जाँदै गरेको प्र २–०१–००१ त १०९६ नम्बरको ट्याक्टर अनियन्त्रित भई मदन भण्डारी लोकमार्गको उदयपुरगढी गाउँपालिका ७ नागबेलीको जंगलमा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय उदयपुरका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक वेदप्रसाद गौतमले जानकारी दिए ।

दुर्घटनामा त्रियुगा नगरपालिका १४ का १९ वर्षीय मिलन मग्रातीको घटनास्थलमै ज्यान गएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएका छन् । घाइतेमध्ये तीन जनाको अवस्था गम्भीर भएकाले जिल्ला अस्पताल गाइघाटमा प्राथमिक उपचारपछि न्युरो हस्पिटल विराटनगर रेफर गरिएको छ ।

प्रतिक्रिया