एमसीसीका लागि राष्ट्रिय सहमतिको प्रयास हुँदै : अर्थ मन्त्री शर्मा
काठमाडौँ । अर्थमन्त्री जनार्दन शर्माले अमेरिकी सहयोग परियोजना मिलिनियम च्यालेञ्ज कर्पोरेशन (एमसीसी)को सम्बन्धमा सरकारले राष्ट्रिय सहमति खोज्ने प्रयास गरिरहेको बताएका छन् । बिहीबार अर्थ मन्त्रालयमा आयोजित चालु आर्थिक वर्षको बजेटको अर्ध वार्षिक समीक्षा मूल्यांकन प्रतिवेदन सार्वजनिकमा बोल्दै उनले एमसीसी परियोजनाबारे मुख खोलेका हुन् ।
मन्त्री शर्माले एमसीसीका सम्बन्धमा राजनीतिक दलबीच राष्ट्रिय सहमति खोज्ने प्रयास भइरहेको बताए । ‘एमसीसीको कुरा एउटा परियोजनाको हिसाबले ऊर्जा क्षेत्रमा, सडक क्षेत्रमा कार्यान्वयन गर्ने भन्ने यहाँहरुलाई थाहा छँदै छ, तर यो मुद्दा अलि राजनीतिकृत भएर राजनीतिक पार्टीहरुको बिचमा छलफल भइराखेको छ,’ उनले भने, ‘एउटा निष्कर्षतिर लैजानुपर्छ भनेर राजनीतिक पार्टीहरुको बिचमा, दलहरुको बिचमा राष्ट्रिय सहमति निर्माण गर्ने कुरा तिर नै अगाडि बढिरहेको भएको हुनाले सरकारले गरिरहेको प्रयास, प्रधानमन्त्रीज्यूले गरिरहेको प्रयास नै त्यतातिर गइरहेको हुनाले त्यो प्रयास बाट एउटा निष्कर्ष निस्किन्छ भन्ने एउटा विश्वासमा म छु ।’
उनले एमसीसी परियोजनामा राष्ट्रिय सहमति खोज्न गरेको प्रधानमन्त्रीको प्रयासले निष्कर्ष निस्किनेमा विश्वास व्यक्त गरे ।











प्रधानमन्त्री कार्कीसँग पूर्वप्रधानमन्त्रीहरु देउवा, ओली र प्रचण्डकाे बैठक जारी
समानुपातिक उम्मेदवार टुंगो लगाउन एमालेले बोलायो सचिवालय बैठक
आजपा, जनादेश र लघुवित संघर्ष समितिबिच चुनावी तालमेल गर्ने सहमती
बालेनसँग भेटपछि कुलमानले भने -‘ रास्वपासहित एकताकाे संवाद सकारात्मक ‘
नेकपा (माओवादी) ले गर्यो संघर्षका कार्यक्रम घोषणा
आज २०८२ साल पुस १० गते बिहीबारको राशिफल
क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु
रुस–युक्रेन युद्ध अन्त्यका लागि अमेरिका–युक्रेनको २० बुँदे नयाँ योजना सार्वजनिक
राप्रपा र राप्रपा नेपालकाे सरप्राइज एकता घाेषणा
प्रतिनिधिसभा विघटनविरुद्ध परेका सबै रिटहरूको एकसाथ सुनुवाइ हुने
प्रतिक्रिया