बुधबार, पुष १६, २०८२

छोराले सनाखत गरेपछि ९६ वर्षको उमेरमा नागरिकता

मेरोन्यूज २०७८ माघ २७ गते २०:५६

काठमाडौँ । लमजुङ जिल्लाको मध्य नेपाल नगरपालिका २ तान्द्राङटक्सारका कृष्णबहादुर गुरुङले ९६ वर्षको उमेरमा नागरिकता प्राप्त गरेका छन् । एकचालीस वर्षीय कान्छो छोरा श्रीप्रसाद गुरुङले सनाखत गरेपछि बुधबार जिल्ला प्रशासन कार्यालय लमजुङबाट उनले नागरिकता प्राप्त रेका हुन् ।

प्रमुख जिल्ला अधिकारी सुशील वैद्यले गुरुङलाई नेपाली नागरिकताको प्रमाणपत्र दिएका थिए । नागरिकताका बारेमा ज्ञानको अभाव भएका वृद्धले नागरिकता नबनाएको र अहिले ढिलै भए पनि नागरिकता प्राप्त गरेको उनको भनाइ छ । बेलायती सेनाबाट सेवा निवृत्त गुरुङ विसं १९८२ चैत ५ गते जन्मिएका थिए । उनी सन् १९४८ मा कुनै पनि कागजातबिना बेलायती सेनामा भर्ती भएका हुन् ।

बेलायती सेनामा भर्ती भएपश्चात्म लेसिया र सिङ्गापुरमा १५ वर्ष सेवा गरी निवृत्त भएपछि आफ्नै घर फर्किएका थिए । उनी करिब ४० वर्षदेखि घरमै बस्दै आएका छन् । दुई छोरालाई अंश दिने कुरामा समस्या आएपछि नागरिकता बनाएको उनले बताए ।

कृष्णबहादुरकी श्रीमती विजयामा गुरुङको नागरिकता भने बनिसकेको थियो । कृष्णबहादुर पति कायम गरी नागरिकता बनेकाले छोराछोरीको नागरिकता पनि बनिसकेको छ । गुरुङकी श्रीमतीको २० वर्षअघि निधन भइसकेको परिवारले जनाएको छ ।

प्रतिक्रिया