भेटियो बालकुमारी मन्दिरबाट हराएको मूर्ति

ललितपुर । ललितपुरको सुनाकोठीस्थित बालकुमारी मन्दिरबाट गत माघ ८ गतेदेखि हराइरहेको मूर्ति फेला परेको छ । मुर्ति शुक्रबार बिहान ६ बजेतिर ललितपुर महानगरपालिका– १५ स्थित करुणा मन्दिरको छेवमा फेला परेको प्रहरीले जनाएको छ ।
मूर्ति फेला परेको कुरा स्थानीयले प्रहरीलाई खबर गरेका थिए । अहिले मूर्ति जावलाखेलस्थित महानगरीय प्रहरी कार्यालयमा राखिएको छ । उक्त मूर्ति बालकुमारी मन्दिरको पुरानै स्थानमा प्रतिस्थापनका लागि प्रहरीले आजै हस्तान्तरण गर्दैछ ।
बालकुमारी मन्दिरबाट हराएको मूर्ति खोजीका लागि स्थानीय जनप्रतिनिधी तथा उर्जा मन्त्री पम्फा भुसालले चासो देखाएकी थिइन् । मन्दिरबाट हराएको मूर्ति सक्रियतापूर्वक खोजी गर्न गृहमन्त्री बालकृष्ण खाँडलाई मन्त्री भुसाल सहितका त्यहाँका जनप्रतिनिधिसहितको टोलीले ज्ञापनपत्रनै बुझाएको थियो ।
भुसालको नेतृत्वमा पुगेको जनप्रतिनिधीको टोलीले गृहमन्त्रीलाई बुझाइएको ज्ञापन पत्रमा भनिएको थियो, – कुनै विलम्ब नगरी केन्द्रीय अनुसन्धान महाशाखाबाट तत्काल उक्त चोरीको सुक्ष्मभन्दा सुक्ष्म तवरले खोजी तथा अनुसन्धान गर्न आग्रह गर्दछौँ । मूर्ति चोरीमा संलग्नलाई पक्राउ गरी चोरीको महलमात्र नभई प्रचिन स्मारक संरक्षण ऐन २०१३ अनुसार हदैसम्म कारबाही गर्न हामी स्थानीयवासीहरू जोडदार माग गर्दछौँ ।
मूर्ति फेला परेपछि मन्त्री भुसालले सामाजिक सन्जालवाट खुसी ब्यक्त गरेकी छिन् । उनले नेपाल प्रहरीलाई धन्यवाद समेत दिएकी छिन् ।
















एमाले प्रमुख सचेतकमा ऐन महर
पार्सल पठाउने नाममा ठगी गर्ने लिम्बू पक्राउ
सुकुम्वासी व्यवस्थापन अभियानः सहयोगका लागि वास्तविक सुकुम्वासीलाई आग्रह
सुनसरी प्रहरीको ‘स्वीप अपरेसन’ : १२० जना नियन्त्रणमा
सुक्खाले बढायो डढेलो र प्रदूषण
सरकार बनेको महिना दिन नपुग्दै गयो २ मन्त्रीको पद
रविको सांसद पद निलम्बनको माग गर्दै सर्वोच्चमा रिट
इरान वार्ता अघि नबढे इरानमा पुनः ‘बमबारी’ हुनसक्ने राष्ट्रपति ट्रम्पको भनाइ
वैशाख ९ गते बुधबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
संसदका दुवै सदनको अधिवेशन आह्वान
प्रतिक्रिया