चारदेशीय ट्वान्टी-२० शृंखला :ओमानबाट नेपालले पायो १३६ रनको लक्ष्य

काठमाडौं । नेपालले चार देशीय क्रिकेट शृंखलाको पहिलो खेलमा आयोजक ओमानबाट १३६ रनको लक्ष्य पाएको छ। ओमनको अल अमेरित क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ पाएको ओमानले २० ओभरमा ६ विकेट गुमाएर १३५ रन बनाएको थियो ।
अविनाश बोहराले नेपाललाई पहिलो सफलता दिलाएका थिए। उनले ओपनर कश्यप प्रजापतिलाई ११ रनमा बोल्ड पारे। यसअघि नेपालले टस जितेर बलिङ गर्ने निर्णय गरेको थियो। नेपाली टोलीबाट दुई खेलाडीले डेब्यू गरेका छन। अलराउण्डर विवेक यादव र स्पिनर सागर ढकालले डेब्यू गरेका हुन।
घरेलु क्रिकेटमा लगातार राम्रो प्रदर्शन गर्दै आएपछि आक्रामक विवेक यादवलाई यसपल्ट प्रशिक्षक पुबुदु दासानायकेले बन्द प्रशिक्षणमा बोलाएका थिए।
सुरुमा नरहेपनि सागर ढकाललाई बन्द प्रशिक्षणको बीचमा बोलाउँदै प्रशिक्षक दासानायकेले ओमान भ्रमणमा लगेका हुन।
दुबै खेलाडीले यसअघि यू–१९ राष्ट्रिय टोलीबाट खेलिसकेका छन।
सन्दीप लामिछानेको कप्तानीमा नेपाली टोलीले पहिलोपल्ट अन्तर्राष्ट्रिय क्रिकेट खेल्न लागेको हो। योसँगै सन्दीप नेपाली टोली सम्हाल्ने ११औं कप्तान बनेका छन।
ओमान र नेपाल ट्वान्टी-२० मा तेस्रोपटक भिड्न लागेका हुन् । मस्कटमै २०१९ को पाँचदेशीय प्रतियोगितामा अमिर कलिमले ५ विकेट लिएपछि नेपाल ११ ओभरमा ६४ रनमै अलआउट गर्दै ओमानले ६ विकेटले खेल जितेको थियो । ट्वान्टी-२० अन्तर्राष्ट्रियमा नेपालको यो दोस्रो न्युन स्कोर थियो ।
२०११ मा पनि यी दुई टोली काठमाडौंमा एसीसी ट्वान्टी-२० मा भिडेका थिए । त्यत्ति खेर नेपालसँग ट्वान्टी-२० अन्तर्राष्ट्रिय मान्यता थिएन, नत ओमानसँग नै थियो । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले २०१९ यताका खेललाई ट्वान्टी-२० अन्तर्राष्ट्रिय मान्यता दिएको थियो ।

















यातायात व्यवस्था कार्यालयद्वारा ४८ करोड राजस्व सङ्कलन
कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक बस्दै
झापामा ८ महिनामा ७ सय १७ घरेलु तथा साना उद्योग थपिए
नुुवाकोटमा सिकारीले हानेको गोली लाग्दा एक महिला गम्भीर घाइते
चितवन राष्ट्रिय निकुञ्जमा पर्यटक आगमन बढ्यो
ग्यास पूर्वाधारमा इजरायलले आक्रमण गरेपछि इरानकाे पक्षमा उत्रियाे कतार
रवि र बालेन किन गएनन् अभिमुखीकरण उद्घाटनमा ?
खोटाङमा एयर डाइनेस्टीको हेलिकप्टर दुर्घटना
इरानकाे आक्रमण विरुद्ध खाडी मुलुकहरूको समर्थन गर्ने युक्रेनको घोषणा
रविको मुद्दा फिर्ताविरुद्धको रिट फेरि ‘हेर्दाहेर्दै’ मा, अर्काे सुनुवाइ पर्सि
प्रतिक्रिया