चन्द्रागिरि र कोरियाका दुई नगरबीच भगिनी सम्बन्ध कायम हुने

काठमाडौँ । चन्द्रागिरि नगरपालिकाले दक्षिण कोरियाको दुई नगरपालिकासँग भगिनी सम्बन्ध कायम गर्ने भएको छ । साथै मौसमी कामदार, कृषि प्रविधि, सांस्कृतिक, ऐतिहासिक तथा अन्य विषयमा अनुभव आदानप्रदान पनि हुने भएको छ ।
नगरप्रमुख घनश्याम गिरी र नेपाल सांस्कृतिक केन्द्र कोरियाका संस्थापक ह्वाई क्यु होबीच शुक्रबार यहाँ सम्पन्न द्विपक्षीय भेटघाटमा ती विषयमा सहमति भएको हो । कोरियाको न्याय मन्त्रालयसँगको समन्वयमा भगिनी सम्बन्धअगाडि बढाइने भएको छ ।
सो अवसरमा नगरप्रमुख गिरीले आफ्नो कार्यकालमा समृद्ध चन्द्रगिरि नगरपालिका बनाउन आवश्यक पूर्वाधार, नगरपालिकासहित वडा कार्यालयका भवन निर्माण, ऐन नियम, शिक्षा र स्वास्थ्यमा आवश्यक पूर्वाधार तयार भएको जानकारी दिए । उनले भने, “चन्द्रगिरि र कोरियाली नगरपालिकाबीचको भगिनी सम्बन्धले सांस्कृतिक अनुभव आदानप्रदान गर्न नयाँ उचाइ प्राप्त गर्ने छ ।”
छलफलमा उपप्रमुख लिशा नकर्मी, नगर प्रवक्ता हरिभक्त महर्जन, प्रमुख प्रशासकीय अधिकृत निरज पौडेल तथा नेपाल सांस्कृतिक केन्द्र कोरियाका व्यवस्थापक जु जोड गोन, प्रचारप्रसार प्रमुख ह्यान जड ली र नेपाली प्रतिनिधि मणि गौतमको उपस्थिति थियो ।











Corruption Movements to National Politics: Nepal’s New Alliance Explained
नवौँ एनभिए भलिबल च्याम्पियनसिप अन्तर्गतरुकुम पश्चिम सेमिफाइनलमा
६४ दलले बुझाए समानुपातिकको बन्द सूची
ग्यास बोकेको ट्याङ्कर दुर्घटना हुँदा पूर्वपश्चिम महेन्द्र राजमार्ग अवरुद्ध
शून्यदेखि सगरमाथाले पायो बेस्ट एसियन फिल्म अवार्ड
कांग्रेसले बुझायो समानुपातिक उम्मेदवारकाे सूची
प्रतिक्रिया