सहिद स्मारक ए डिभिजन लिग : मछिन्द्र विजयी

काठमाडौं । रेलिगेसनबाट बच्न संघर्षरत च्यासल युथ क्लबविरुद्ध २-० को जितसहित मछिन्द्र फुटबल क्लबले सहिद स्मारक ए डिभिजन लिगको शीर्ष स्थानमा ७ अंकको अग्रता लिएको छ ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा पहिलो हाफमा स्ट्राइकर विमल घर्तीमगर र सुनिल बलले गरेको गोल मछिन्द्रको सहज जितमा पर्याप्त बन्यो ।
मछिन्द्र १० खेलमा २६ अंकसहित तालिकाको शीर्ष स्थानमा छ भने समान खेलमा मात्र ५ अंक बटुलेको च्यासल अन्तिम स्थानमा छ । मछिन्द्रले दोस्रो स्थानको मनाङमाथि ७ अंकको अग्रता लिएको हो ।शनिबार नै हुने दोस्रो खेलमा मनाङले थ्री स्टार क्लबललाई हराएमा मछिन्द्रको अग्रता पुनः ४ अंकमा झर्नेछ ।
१६औँ मिनेटमा विमललको गोलमा मछिन्द्रले अग्रता लिएको थियो । रक्षक रञ्जित धिमालको कर्नरमा विमलले हेडरमार्फत बललाई जाली चुमाएका थिए ।
३५औँ मिनेटमा सुनिल बलले विमलको पासमा गोल गर्दै मछिन्द्रको अग्रता दोब्बर पारेका थिए । जारी लिगमा सुनिलको यो छैटौँ गोल हो ।
यसअघि १२औँ मिनेटमा पहिलो रोजाईका गोलकिपर अर्पन कार्की खुट्टाको चोटका कारण मैदानबाट बाहिरएपछि च्यासल निराश भएको थियो । विमलसँग जुध्दा अर्पन घाइते भएका थिए । उनको स्थानमा दोस्रो रोजाईका गोलकिपर प्रदिप भण्डारी मैदान प्रवेश गरेका थिए ।
६६औँ मिनेटमा मछिन्द्रका स्ट्राइकर मनिस डाँगी मैदानमा ढलेपछि खेल करिब सात मिनेट रोकिएको थियो । च्यासलका यानिक केइचासँग जुध्दा मनिस केही समय बेहोस भएका थिए । मैदानमै गरिएको प्राथमिक उपचारपछि होस आएपछि मनिसलाई अस्पताल पुर्याइएको छ ।









प्रधानमन्त्रीको सचिवालयमा अब कति जना ?
दक्षिण अफ्रिकाद्वारा जी–२० को नेतृत्व अमेरिकालाई हस्तान्तरण
रास्वपा र विवेकशील साझाबीच एकता हुने
एनपिएलः अपराजित विराटनगर किङ्ग्सको यात्रामा चितवन राइनोजले लगायाे ब्रेक
रवी बोपरा बने एनपिएलमा ह्याट्रिक अर्धशतक हान्ने पहिलो खेलाडी
के पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खानको जेलभित्रै हत्या भएकाे हाे ?
श्रीमतीसहितका नातेदारलाई सचिवालयमा नियुक्ति दिलाएका प्रधानमन्त्रीका स्वकीय सचिवलाई तत्काल बर्खास्त गर्न जेनजी फ्रन्टको माग
आज २०८२ साल मंसिर ९ गते मंगलबारको राशिफल
बागलुङमा थपिए ५ हजार ३९३ मतदाता
देउवाकै हस्ताक्षर लिएर कांग्रेस चुनावमा जाँदैन : गगन थापा
प्रतिक्रिया