एउटा पनि खोप हराएको छैन : स्वास्थ्यमन्त्री
मेरोन्यूज
२०७८ माघ २९ गते १८:४३

मोरङ । स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडाले एउटा पनि कोरोनाविरुद्धको खोप नहराएको दाबी गरेका छन् । विराटनगरमा शनिबार सञ्चारकर्मीहरुसँगको कुराकानीमा मन्त्री खतिवडाले खोपको तथ्यांक नभएको भन्ने विषय राजनीतिक प्रोपोगण्डा मात्रै भएको बताएका हुन् ।
‘कुन देशबाट कुन कुन खोप कति आएको र त्यो कुन प्रदेश र पालिकामा कति पठाएको सबै तथ्यांक भएकोले खोप हराएको कसरी भन्न मिल्छ, स्वास्थ्यकर्मीले सर्वसाधारणलाई खोप लगाउने क्रममा केही खोप वेस्टेज गएकोलाई अहिले राजनीतिक मुद्दा बनाएर यति धेरै हंगामा मच्चाइएको छ ।’ मन्त्री खतिवडाले भने ।
सुरुमा निश्चित दिन तोकेर खोप लगाउने गरेको र त्यहाँ स्वास्थ्यकर्मीले लिएर गएको खोप खोलेर लगाउने क्रममा बाँकी रहेको खोप वेस्टेज भएको भन्दै उक्त संख्यालाई नै लिएर अहिले यति धेरै राजनीतिक भइरहेको खतिवडाको भनाइ थियो ।
सम्बन्धित
















अमेरिकाले वास्तविकतामा युद्ध हारिरहेछ – इरान
पूर्वप्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको १६औँ स्मृति दिवस मनाइँदै
कस्ताे रहला आज देशभरकाे माैसम ?
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
ग्यास पूर्वाधारमा इजरायलले आक्रमण गरेपछि इरानकाे पक्षमा उत्रियाे कतार
खोटाङमा एयर डाइनेस्टीको हेलिकप्टर दुर्घटना
साउदी, कतार र युएईका पाँच क्षेत्र खाली गर्न इरानकाे उर्दी
रास्वपाको अभिमुखीकरणमा बालेन नजाने
प्रधानसेनापति सिग्देलले पूर्वप्रधान सेनापतिहरूसँग गरे छलफल
प्रतिक्रिया