बुधबार, पुष १६, २०८२

एउटा पनि खोप हराएको छैन : स्वास्थ्यमन्त्री

मेरोन्यूज २०७८ माघ २९ गते १८:४३

मोरङ । स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडाले एउटा पनि कोरोनाविरुद्धको खोप नहराएको दाबी गरेका छन् । विराटनगरमा शनिबार सञ्चारकर्मीहरुसँगको कुराकानीमा मन्त्री खतिवडाले खोपको तथ्यांक नभएको भन्ने विषय राजनीतिक प्रोपोगण्डा मात्रै भएको बताएका हुन् ।

‘कुन देशबाट कुन कुन खोप कति आएको र त्यो कुन प्रदेश र पालिकामा कति पठाएको सबै तथ्यांक भएकोले खोप हराएको कसरी भन्न मिल्छ, स्वास्थ्यकर्मीले सर्वसाधारणलाई खोप लगाउने क्रममा केही खोप वेस्टेज गएकोलाई अहिले राजनीतिक मुद्दा बनाएर यति धेरै हंगामा मच्चाइएको छ ।’ मन्त्री खतिवडाले भने ।

सुरुमा निश्चित दिन तोकेर खोप लगाउने गरेको र त्यहाँ स्वास्थ्यकर्मीले लिएर गएको खोप खोलेर लगाउने क्रममा बाँकी रहेको खोप वेस्टेज भएको भन्दै उक्त संख्यालाई नै लिएर अहिले यति धेरै राजनीतिक भइरहेको खतिवडाको भनाइ थियो ।

प्रतिक्रिया