पाँचथरको यासोक बजारमा भीषण आगलागी
मेरोन्यूज
२०७८ माघ २९ गते २०:३०

काठमाडौं । पाँचथरको कुम्मायक गाउँपालिकाको केन्द्र यासोक बजारमा भीषण आगलागी भएको छ ।
आगलागीबाट झरेन्द्र खतिवडाको घर जलेर नष्ट भएको प्रहरीले जनाएको छ । अन्य दुई घरमा आगलागी भइरहेको वडाध्यक्ष देवेन्द्र लावतीले जानकारी दिए ।
आगो नियन्त्रणका लागि सदरमुकाम फिदिमबाट दमकल पठाइएको जिल्ला प्रशासन कार्यालय पाँचथरले जनाएको छ ।
सम्बन्धित
प्रतिक्रिया