गठबन्धन सरकार एमसीसी परियोजना पास गराउन बनाएको होइन : प्रचण्ड

काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गठबन्धन सरकार कुनै परियोजना पास गराउन वा कुनै देशसँग लेनदेन पूरा गर्न नबनाएको बताएका छन् । २७ औँ जनयुद्धको अवसर पारी पार्टी कार्यालयमा आयोजित कार्यक्रममा बोल्दै उनले विशेष एकताका लागि गठबन्धन सरकार बनेको बताए ।
‘हामीले संविधान, लोकतन्त्र र राष्ट्रियताको रक्षाका निम्ति गठबन्धन सरकार बनाएका हौँ, हामीले कुनै देशको सहायता वा परियोजना पास गराउन वा लेनदेन पूरा गर्न गठबन्धन बनाएका होइनौँ,’ अमेरिकी सहयोग मिलिनियम च्यालेञ्ज कर्पोरेशन (एमसीसी)प्रति लक्षित गर्दै उनले भने, ‘केही तत्वहरूले अझै देशलाई प्रतिगमनतर्फ लैजाने प्रयास भइरहेको छ, एउटा लक्ष्य राखिएर गरिएको काममा अर्को अर्थ लगाउँदै छ ।’
प्रचण्डले जनयुद्ध अझै पूरा नभएको बताए । ‘यो युद्ध पूर्ण भएको छैन, यो एक आधारशीला मात्र हो, संविधान संशोधन गरी सबैको माग कामय गर्न बाँकी नै छ,’ उनले भने, ‘जनआन्दोलनले नै नेपालको सबै राजनीतिक दलमा परिवर्तनको चेतना आएकै हो, तर यसलाई बल प्रयोगका आधारमा, शक्तिको प्रयोगमा दबाउन कोशिस गरियो ।’
आजको दिनमा देशभित्र र देशबाहिर रहेका सबै क्रान्तिकारीका लागि नयाँ संकल्प लिन विषेश दिन भएको उनले बताए । ‘हामीमा नयाँ उर्जासहित नयाँ एकताको आवश्यक छ, पटक–पटक प्राप्त उपलब्धिलाई कमजोर बनाउन अनेक प्रयास भइरहेको छ, यसविरुद्ध हामी एक हुन आवश्यक छ,’ उनले भने ।
उनले आफ्नो पहिचान जनयुद्धबाट बनाएका सबै माओवादी घटकहरू एक हुनु पर्ने बताए । उनले कम्तिमा प्रतिगमनविरुद्ध र माओवादीको उपलब्धिलाई कमजोर बनाउनेविरुद्ध एक हुन आग्रह गरे ।
प्रचण्डको आग्रह : सबै माओवादी घटकहरू एकताबद्ध हौँ (भिडियोसहित)













काठमाडौँ उपत्यकाका नदी किनारको दायाँबायाँ २० मिटर छाड्न नपर्ने
चिलीमा डढेलोका कारण आपतकालको घोषणा, २० हजारलाई सुरक्षित स्थानमा सारियो
प्रलोपाबाट कैलाली १मा डा. जनकराज शाह उम्मेदवार
यस्ता छन् प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि उम्मेदवारी दर्ता गर्दा पेस गर्नुपर्ने कागजात
देउवा पक्षका नेताहरू निर्वाचन आयोगमा, आयोग घेर्ने तयारीमा तरुण दल
विशेष महाधिवेशनको पक्षमा हस्ताक्षर गरेकामध्ये ८८५ जनाले फिर्ता लिएको देउवा पक्षको दाबी
कांग्रेस देउवा पक्षले आधिकारिकता दाबी गर्दै आयोगमा बुझायो प्रमाण
कांग्रेस विशेष महाधिवेशनबारे ओली : ‘सडकमा बहुमत पुर्याएँ भनेर हुन्छ ?’
एमालेले बोलायो केन्द्रीय सचिवालय बैठक
प्रतिक्रिया