शुक्रबार, पुष १८, २०८२

महाकाली नदीमा बगेकी महिलाको उद्धार

मेरोन्यूज २०७८ फागुन १ गते १५:०१

दार्चुला । दार्चुला सदरमुकाम खलंगाको महाकाली नदी किनारबाट बालुवा निकाल्ने क्रममा बगेकी महिलाको प्रहरीले उद्धार गरेको छ । आइतबार बिहान ८ बजेतिर महाकाली नदी किनारमा बालुवा निकाल्दा स्थानीय २४ वर्षीया लिला ओडलाई महाकाली नदीले बगाएको थियो ।

बगाउँदै गर्दा नदीको बीचमा एउटा ढुंगामा उत्रिन सफल भएपछि ओडबीच नदीमा अड्किएकी थिइन् । नदीमा अड्किएको जानकारी आएपछि उद्धारका लागि जिल्ला प्रहरी कार्यालयबाट प्रहरी निरीक्षक माधव विश्वकर्मा नेतृत्वको टोली उक्त क्षेत्रतर्फ गएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ ।

बिहानको चिसो नदीमा पौडिएर प्रहरीले महिलाको सकुशल उद्धार गरेका छन् । उद्धार गरी ओडलाई जिल्ला अस्पताल दार्चुला पुगाइएको छ । उनको स्वास्थ्य अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।

भारतको छिरकिल्लामा रहेको धौलीगंगाबाँधका ढोका खोल्दा महाकाली नदीमा बहाब बढ्ने गरेको छ ।

प्रतिक्रिया