कांग्रेस केन्द्रीय कार्य सम्पादन समितिको बैठक सुरु

काठमाडौँ । नेपाली कांग्रेसको केन्द्रीय कार्य सम्पादन समितिको बैठक सुरु भएको छ । सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा बैठक सुरु भएको कार्यालयका सचिव एवं सूचना अधिकारी केशव रिजालले जानकारी दिए ।
गत बिहाबारदेखि सुरु भएको बैठकमा अधिवेशन हुन बाँकी १६ जिल्लाको अधिवेशन सम्पन्न गराउने र म्याद सकिएका भातृ तथा सुभेच्छुक संस्थाको अधिवेशन छिट्टै गराउने सम्बन्धमा छलफल भइरहेको छ ।
सूचना अधिकारी रिजालका अनुसार बैठकमा केन्द्रीय कार्य सम्पादन समिति सदस्यहरूले धारणा राखिसकेका छन् । उनले भने, ‘बैठकमा सदस्यहरूले धारणा राखि सक्नु भयो अब पदाधिकारीले मात्रै बोल्न बाँकी छ ।’
पदाधिकारीले बोल्ने क्रम सकेर आजै बैठक सक्ने कांग्रेसको तयारी छ । बैठकमा प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाविरुद्ध दर्ता भएको महाअभियोग प्रस्तावका सम्बन्धमा पनि छलफल गर्ने जनाइएको छ । साथै बैठकको एजेन्डाबाहिर रहेको अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) समर्थन गर्ने संस्थागत धारणा पनि सार्वजनिक गरिसकेको छ ।
















बैतडीमा ट्रक दुर्घटनाः चालकसहित चारजना घाइते
अमेरिकाले वास्तविकतामा युद्ध हारिरहेछ – इरान
पूर्वप्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको १६औँ स्मृति दिवस मनाइँदै
कस्ताे रहला आज देशभरकाे माैसम ?
ग्यास पूर्वाधारमा इजरायलले आक्रमण गरेपछि इरानकाे पक्षमा उत्रियाे कतार
खोटाङमा एयर डाइनेस्टीको हेलिकप्टर दुर्घटना
साउदी, कतार र युएईका पाँच क्षेत्र खाली गर्न इरानकाे उर्दी
रास्वपाको अभिमुखीकरणमा बालेन नजाने
प्रधानसेनापति सिग्देलले पूर्वप्रधान सेनापतिहरूसँग गरे छलफल
प्रतिक्रिया