सत्ता गठबन्धनको प्रमुख घटक नै एमसीसीविरुद्ध सडकमा

काठमाडौं । सरकारले अमेरिकी सहयोग परियोजना एमसीसी संसदबाट अनुमोदन गर्ने तयारी गरिरहँदा सत्त गठबन्धनको प्रमुख घटक नेकपा (एकीकृत समाजवादी) एमसीसीविरुद्ध सडकमा उत्रिएको छ ।
एकीकृत समाजवादी निकट युवा संगठनले देशका विभिन्न ठाउँमा एमसीसीविरुद्ध प्रदर्शन गरिरहँदा माउ पार्टी एकीकृत समाजवादीले नै आइतबार रुपन्देहीको बुटवलमा प्रदर्शन गरेको छ ।
माधव नेपाल नेतृत्वको एकीकृत समाजवादीका नेता कार्यकर्ताहरुले एमसीसी खारेजीको माग गर्दै आइतबार बुटवलमा प्रदर्शन गरेका हुन् ।
एकीकृत समाजवादी रुपन्देहीको आयोजनामा भएको प्रदर्शनमा कार्यकर्ताहरुले एमसीसी खारेज गरौं, राष्ट्रिय स्वाभिमानको रक्षा गरौँ, वैदेशिक हस्तक्षेप मुर्दावादलगायत नारा लेखिएका प्लेकार्ड बोकेका थिए ।
विरोध प्रदर्शनपछिको कोणसभामा नेकपा एकीकृत समाजवादीका केन्द्रीय सदस्य तथा रुपन्देही अध्यक्ष राजु गुरुङले एमसीसी सम्झौता राष्ट्रिय हितमा नभएको भन्दै तत्काल खारेज गर्नुपर्नेमा जोड दिएका थिए ।











आज कुन विदेशी मुद्राको विनिमयदर कति ?
आजकाे माैसम: तराईमा हुस्सुको प्रभाव, उच्च पहाडी क्षेत्रमा हल्का वर्षा र हिमपातको सम्भावना
पुस १८ गते शुक्रवारकाे राशिफल,कस्ताे रहला तपाइकाे आजकाे दिन ?
६४ दलले बुझाए समानुपातिकको बन्द सूची
ग्यास बोकेको ट्याङ्कर दुर्घटना हुँदा पूर्वपश्चिम महेन्द्र राजमार्ग अवरुद्ध
शून्यदेखि सगरमाथाले पायो बेस्ट एसियन फिल्म अवार्ड
कांग्रेसले बुझायो समानुपातिक उम्मेदवारकाे सूची
प्रतिक्रिया