‘तस्वीरमा सरकारको सय दिन’ पुस्तकमा चुच्चे नक्सा गायब

काठमाडौं । नेपाल सरकारले छापेको ‘तस्वीरमा सरकारको सय दिन’ चुच्चे नक्सा हटाइएको छ ।
रोशन सापकोटाले खिचेका तस्वीरहरु समेटिएको पुस्तकको सम्पादन प्रधानमन्त्री शेरबहादुर देउवाका प्रेस संयोजक गोविन्द परियारले गरेका थिए ।
नेपाल सरकार नै प्रकाशक रहेको उक्त पुस्तकको कभर पृष्ठमा प्रधानमन्त्री देउवा र नेपाल सरकारको लोगो राखिएको छ । नेपाल सरकारको लागोमा अंकित नेपालको नक्सा भने पुरानै राखिएको छ ।
सरकारले छापेको पुस्तकमा चुच्चे नक्सा गायब भएको भन्दै नेकपा एमालेका नेता योगेश भट्टराईले सामाजिक सञ्जालमा ब्यङ्ग्य गरेका छन् ।
‘नेपाल सरकार प्रकाशक रहेको तस्वीरमा सरकारका १०० दिन पुस्तकमा नेपालको संसदले सर्बसम्मत रुपले पास गरेको नेपालको चुच्चे नक्शा कता गयो प्रम देउवाज्यू? कि तपाईंलाई संसदको निर्णय मान्य छैन ? होइन भने यो हदको लापरवाही गर्नेलाई कार्वाही भएको र प्रम देउवाले सार्वजनिक रुपमा माफी मगेको खबर सुन्न नेपाली जनता आतुर छन ।’– भट्टराईले फेसबुकमा लेखेका छन् ।
















बैतडीमा ट्रक दुर्घटनाः चालकसहित चारजना घाइते
अमेरिकाले वास्तविकतामा युद्ध हारिरहेछ – इरान
पूर्वप्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको १६औँ स्मृति दिवस मनाइँदै
कस्ताे रहला आज देशभरकाे माैसम ?
ग्यास पूर्वाधारमा इजरायलले आक्रमण गरेपछि इरानकाे पक्षमा उत्रियाे कतार
खोटाङमा एयर डाइनेस्टीको हेलिकप्टर दुर्घटना
साउदी, कतार र युएईका पाँच क्षेत्र खाली गर्न इरानकाे उर्दी
रास्वपाको अभिमुखीकरणमा बालेन नजाने
प्रधानसेनापति सिग्देलले पूर्वप्रधान सेनापतिहरूसँग गरे छलफल
प्रतिक्रिया