‘तस्वीरमा सरकारको सय दिन’ पुस्तकमा चुच्चे नक्सा गायब

काठमाडौं । नेपाल सरकारले छापेको ‘तस्वीरमा सरकारको सय दिन’ चुच्चे नक्सा हटाइएको छ ।
रोशन सापकोटाले खिचेका तस्वीरहरु समेटिएको पुस्तकको सम्पादन प्रधानमन्त्री शेरबहादुर देउवाका प्रेस संयोजक गोविन्द परियारले गरेका थिए ।
नेपाल सरकार नै प्रकाशक रहेको उक्त पुस्तकको कभर पृष्ठमा प्रधानमन्त्री देउवा र नेपाल सरकारको लोगो राखिएको छ । नेपाल सरकारको लागोमा अंकित नेपालको नक्सा भने पुरानै राखिएको छ ।
सरकारले छापेको पुस्तकमा चुच्चे नक्सा गायब भएको भन्दै नेकपा एमालेका नेता योगेश भट्टराईले सामाजिक सञ्जालमा ब्यङ्ग्य गरेका छन् ।
‘नेपाल सरकार प्रकाशक रहेको तस्वीरमा सरकारका १०० दिन पुस्तकमा नेपालको संसदले सर्बसम्मत रुपले पास गरेको नेपालको चुच्चे नक्शा कता गयो प्रम देउवाज्यू? कि तपाईंलाई संसदको निर्णय मान्य छैन ? होइन भने यो हदको लापरवाही गर्नेलाई कार्वाही भएको र प्रम देउवाले सार्वजनिक रुपमा माफी मगेको खबर सुन्न नेपाली जनता आतुर छन ।’– भट्टराईले फेसबुकमा लेखेका छन् ।













काठमाडौँ उपत्यकाका नदी किनारको दायाँबायाँ २० मिटर छाड्न नपर्ने
चिलीमा डढेलोका कारण आपतकालको घोषणा, २० हजारलाई सुरक्षित स्थानमा सारियो
प्रलोपाबाट कैलाली १मा डा. जनकराज शाह उम्मेदवार
यस्ता छन् प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि उम्मेदवारी दर्ता गर्दा पेस गर्नुपर्ने कागजात
देउवा पक्षका नेताहरू निर्वाचन आयोगमा, आयोग घेर्ने तयारीमा तरुण दल
विशेष महाधिवेशनको पक्षमा हस्ताक्षर गरेकामध्ये ८८५ जनाले फिर्ता लिएको देउवा पक्षको दाबी
कांग्रेस देउवा पक्षले आधिकारिकता दाबी गर्दै आयोगमा बुझायो प्रमाण
एमालेले बोलायो केन्द्रीय सचिवालय बैठक
कांग्रेस विशेष महाधिवेशनबारे ओली : ‘सडकमा बहुमत पुर्याएँ भनेर हुन्छ ?’
प्रतिक्रिया