शुक्रबार, पुष १८, २०८२

एमालेले सांसदलाई ६ वटा खाली कागजमा गरायो हस्ताक्षर

मेरोन्यूज २०७८ फागुन २ गते १३:१४

काठमाडौं । नेकपा (एमाले)को जारी संसदीय दलको बैठकमा पार्टीका सांसदहरुलाइृ ६ वटा खाली कागजमा हस्ताक्षर गराइएको छ । प्रधानन्यायाधीस चोलेन्द्रशम्शेर राणा विरुघ सत्ता गठबन्धन दलका सांसदहरुले महाअभियोग प्रस्ताव दर्ता गरेपछि एमालेले पनि प्रतिवादका रुपमा सर्वाेचचका अन्य ४ न्यायाधसिलाई महअभियोगको प्रस्ताव ल्याउने अडकलवाजी भईरहँदा एमालेले आफना सांसदहरुलाई ६ वटा खाली कागजमा हस्ताक्षर गराएको छ ।

‘६ वटा खाली कागजमा संसदीय दलका प्रमुख सचेतक विशाल भटटराई र सचेतक शान्ता चौधरीले हस्ताक्षर गराउनुभएको छ, तर त्यो के प्रयोजनका लागि हुन्छ भन्ने खुलाईएको छैन ,’ एमालेका एक सांसदले भने ।

एमालेले आफना सांसदहरुको ६ वटा खाली कागजमा हस्ताक्षर गरेपनि त्यो सर्वाेच्च अदालतका ४ न्यायाधीसका विरुद्ध महाअभियोगको प्रस्ताव दर्ता गराउने गरी हस्ताक्षर गराईएको भने नभएको बताएको छ ।

एमालेले प्रधानन्यायाधीसलाई महाअभियोग लगाउने हो भने ओली सरकार गिराउने र देउवाको सरकार निर्माणका लागि परमादेश जारी गर्ने ५ जना न्यायाधीसलाई नै महाअभियोग लगाउनु पर्ने बताउँदै आएको थियो । प्रधानन्यायाधीसमाथीको महाअभियोग निर्वाचन भाडन् षडायन्त्रका साथ आएको, प्रतिपक्षीलाई थप घेरावन्दी गर्ने गरी आएकोले यसको कडा प्रतिवाद गर्ने एमालेले बताएको थियो ।

एमाले सभामुखसँग पनि सन्तुष्ट छैन । सभामुख विरुद्ध प्रयोग गर्ने गरी कतै हस्ताक्षर खाली कागजमा गराईएको हो की भन्नेमा पनि खुलेको छैन । तर सांसदहरुलाई खाली कागजमा हस्ताक्षर गरेर एमालेले जुनकुनै वेला पनि आफुले लिने स्टेपमा प्रयोग गर्न सक्ने अनुमान लगाईएको छ । अहिले पनि बैठक जारी छ । बैठकमा अध्यक्ष तथा संसदीय दलका नेता केपी शर्मा ओलीले सम्वोधन गरिरहेका छन् ।

प्रतिक्रिया