एमसीसीमा अझै पर्खिने, सदन अवरोध जारी राख्ने एमाले निर्णय

काठमाडौं । प्रतिपक्षी दल नेकपा एमालेले प्रधानन्यायाधीसमाथी सत्ता गठबन्धन दलले अहिले संसदमा दर्ता गराएको महाअभियोग घोषणा भईसकेको स्थानीय तह निर्वाचन सार्ने र टार्ने, न्यायलयलाई थप गिजोल्ने र संसदवाट एमसीसी पारित गर्ने षडयनत्रका साथ आएको निश्कर्ष निकालेको छ ।
सोमबार बानेश्वरको संसदको ल्होत्से हलमा बसेको एमाले संसदीय दलको बैठकले निर्णय गरेको हो ।
‘अहिले प्रधानन्यायधीस चोलेन्द्र शम्शेर राणा विरुद्द आएको महाअभियोग निर्वाचन लाई जसरी पनि सार्न र टार्न खोज्ने, एमसीसीलाई जसरी पनि सत्तारुढ दलले संसदवाट पारित गर्ने र लोकतन्त्रमाथी निरन्तर हमला गरिरहने सत्ता गठबन्धनको प्रवृतिको रुपमा आएको छ,’ बैठकपछि एमाले संसदीय दलका प्रमुख सचेतक विशाल भटटराईले सञ्चारकर्मीहरुसँग भने,– ‘ अव यस विषयमा कसरी जाने भन्नेमा सवै सांसदहरुले पार्टी नेतृत्वलाई सुझाव दिनुभएको छ । हामीले सांसदहरुको हस्ताक्षर गरेर राखेका छौं, नेतृत्वले यस विषयमा सुझवुझपूर्ण निर्णय लिने भनेको छ । आएका सुझावसम्मलाइृ ध्यान दिएर नेतृत्वले छिटै यस विषयमा धारणा बनाउँछ ।’
प्र्रधानन्यायाधीस राणाका क्रियाकलापमा एमालेका पनि कतिपय विषयमा प्रश्न रहेको र उनलाई बोकेर हिडनुपर्छ भन्नेमा एमाले नरहेकाके भन्दै प्रमुख सचेतक भटटराईले भने , तर यही वेला किन आयो भन्ने मा प्रश्न छ । अदालतलाई निरन्तर गिजोलिरहने, निर्वाचन सार्ने र एमसीसी पास गर्ने गलत उदेश्यका साथ आएको । त्यसको प्रतिवाद गर्नुपर्छ भन्नेमा एमाले पुगेको छ ।’
उनले आवश्यक पर्दा एमालेले सडक, कानुनी र राजनीतिक सवै क्षेत्रवाट सरकारका यस्ता गतिविधिको प्रतिवाद गरेर जाने पनि वताए । अध्यक्ष ओललिे यस विषयमा आवेशमा नभई सुझवुझपूर्ण रुपमा परिस्थितीको बस्तुगत अवस्था हेरेर निर्णय लिइने जानकारी सांसदहरुलार्य दिएको भटटराईले बताए ।
एमससिीका सन्र्दभमा एमाले अझै पर्ख र हेरको नीतिमै रहेको भटटराईले बताए । सदनको अवरोध पनि एमालेको कायमै रहेको उनले बताए ।












यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
चुनावी सरकारमा चार महिना काम गरेर बिदा भए कुलमान, प्रधानमन्त्रीलाई बुझाए राजीनामा
कांग्रेस महामन्त्रीद्वय थापा र शर्माद्वारा विशेष महाधिवेशन आह्वान
समानुपातिक उम्मेदवारी फिर्ता लिने अरनिको पाँडेको घोषणा
टी-२० विश्वकपका लागि नेपाली टोलीको जर्सी सार्वजनिक
एमालेले बाेलायाे सचिवालय बैठक
केपी ओलीको स्थानहद फुकुवा
प्रतिक्रिया