संसदमा एमसीसीको प्रस्ताव लैजानेबारे बालुवाटारमा छलफल

काठमाडौँ ।अमेरिकी सहयोग परियोजना, मिलेनियम च्यालेन्ज कम्प्याट (एमसीसी) अनुमोदन गर्ने नगर्ने सत्ता गठबन्धन दलभित्रै रस्साकस्सी चलिरहेका बेला सत्ता गठबन्धन भित्रका मुख्य तीन दलका शीर्ष नेताहरुवीच अहिले प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भेटवार्ता भईरहेको छ ।
सभामुख अग्नि सापकोटाले सोमबारको सर्वदलीय बैठकमा आफू अम्पायरको भूमिकामा रहेकाले दलहरूबीच सहमति गरेर सरकारले ल्याएका प्रस्ताव आफूले नरोक्ने बताएपछि भोलि फागुन ४ मा बोलाइएको संसदको बैठकमै एम्सीसी सम्झौता अनुमोदनका लागि संसदमा पेश गर्ने तयारीमा रहेका प्रधानमन्त्रीले सत्ता गठबन्धनका मुख्य घटकका शीर्ष नेताहरुसँग बालुवाटारमा छलफल आयोजना गरेका हुन् ।
प्रधानमन्त्री देउवा भोलिकै संसदको बैठकमै एमसीसी संसदमा लैजान चाहिरहेका छन् । तर एमसीसी यथास्थितीमा पारित गर्न नसक्ने अडानमा रहेका माओवादी केन्द्र र एकीकृत समाजवादी संसदमा लैजान सहमत भएपनि त्यहाँ पारित गर्ने नगर्ने प्रक्रियामा विषयमा प्रधानमन्त्रीको मतसँग सहमत छैनन ।
माओवादी केन्द्र संसदमा टेवुल गर्न दिने विषयमा लचक भएपनि त्यसका लागि पनि पहिले संसदमा प्रतिपक्षी दल एमालेले जारी गरेको अवरोध हटनुपर्ने र संसदमा लैजानु अगाडी सकभर एमसीसीका विषयमा राष्ट्रिय सहमतिको प्रयास गर्नुपर्ने पक्षमा छ । उसले यथास्थितीमा भने आफनो पार्टी पारित गर्ने पक्षमा नरहेको प्रष्ट बताईसकेको छ ।
कतिपयले एमसीसी माओवादी र समाजवादीले संसदमा लैजान दिने त्यसपछि उनीहरुले विरोध गदै वाहिरिने र संसदमा त्यसपछि कायम रहेको सदस्य संख्याको वहुमतका आधारमा एम्सीसी पारित हुने मोडलमा राजनीति अगाडी वढेको बताईरहेका बेला अव भोलिको संसदको बैठकमा एमसीसी कसरी टेवुल हुन्छ र त्यसभित्रको प्रक्रियामा सत्ता गठबन्धन दलको भूमिका के कस्तो हुन्छ ? भन्ने बारेमा अहिले बालुवाटारमा छलफल हुँदैछ ।
दलहरुवीच अहिले बालुवाटारमा भोलिकै बैठकमा एमसीसी सम्झौता टेवुल गरेर जाने सहमति बनेमा त्यसपछि भने संसदको कार्यब्यवस्था परामर्श समितिमा यस विषयमा छलफल हुनेछ । त्यसपछि मात्र संसदमा पेश हुने गरी रोडम्यापमा दलहरुले छलफल गरिरहेका छन् । माधव नेपाल लगायतलाई कारवाही गर्नुपर्ने की सभामुखले राजीनामा दिनुपर्ने माग गरेर संसदमा अवरोध कायम गरिरहेको एमालेले भने सत्ता पक्षले संसदमा एमसीसी टेवुल गर्न ल्याएपछि मात्र यस विषयमा पार्टी धारणा बनाउने भन्दै अहिले पर्ख र हेरको नीति अवलम्वन गरिरहेको छ ।
बालुवाटार छलफलमा अहिले प्रधानमन्त्री शेरवहादुर देउवा, अर्थमन्त्री ज्ञानेन्द्रवहादुर कार्की, कानुनमनत्री दिलेन्द्रप्रसाद बढु, माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल सहभागी छन् ।
प्रचण्ड र माधव नेपालले संसदमा टेवुल गर्न सहमति दिएपनि पारित गराउनका लागि भने साथ नदिने प्रष्ट पारिसकेको छ ।












निर्वाचन रोक्ने बहाना स्वीकार्य छैनः योगेश भट्टराई
गैरकानुनी रूपमा अन्तरराष्ट्रिय कल बाइपासमा संलग्न राजवंशी पक्राउ
दक्षिण कोरियाका पूर्वराष्ट्रपति युनविरुद्ध पुनः पक्राउ पुर्जी जारी
निर्वाचन ६४ दिन बाँकीः ६४ वटा राजनीतिक दलले पेस गरे समानुपातिकतर्फको बन्दसूची
राप्रपा र राप्रपा नेपालबीच पार्टी एकता
निर्माता करण श्रेष्ठ समानुपातिक उम्मेदवारको सूचीमा
हामीले आफ्ना कमीकमजोरी पहिचान गरी सुधार्नुपर्छ : प्रचण्ड
पुस १६ गते बुधवारकाे राशिफल,कस्ताे रहला तपाइकाे आजकाे दिन ?
प्रतिक्रिया