१३ छात्रालाई बलात्कार गर्ने स्कुलका मालिकलाई आजीवन कैद सजाय
काठमाडौँ । १३ छात्रालाई दुव्र्यबहार र बलात्कार गरेको अभियोगमा इन्डोनेसियाको एउटा अदालतले एउटा बोर्डिङ स्कुलका सञ्चालक तथा शिक्षकलाई जेल सजाय तोकेको छ । ११ देखि १६ वर्षका किशोरीहरुलाई बलात्कार गरेको अभियोगमा हेरी विरावनलाई अदालतले सजाय तोकेको हो ।
धार्मिक शिक्षकसमेत रहेका विरावनले सन् २०१६ देखि छात्राहरुलाई बलात्कार सुरु गरेका थिए । उनीहरुमध्ये ८ जना गर्भवती भएका थिए । उनीहरुका तर्फबाट नौ जना बालबालिका जन्मिएका थिए । कुमारी छात्राका बालबालिका जन्मिएको घटनालाई लिएर इन्डोनेसियामा ठूलो हंगामा मच्चिएको थियो ।
उनीमाथि मृत्युदण्डको सजाय माग गर्दै अभियोजनकर्ताले अदालतमा उजुरी गरेका थिए । तर, मंगलबार बाङडुङ जिल्ला अदालतका न्यायाधीशहरुको एउटा बेन्चले उनलाई आजिवन काराबासको सजाय तोकेको थियो । विरावनलाई नपुंशक बनाउनु पर्ने अभियोजकहरुको अर्को मागलाई पनि पनि बेन्चले अस्वीकार गरेको थियो ।
पीडितमध्येकी एक जनाका अभिभावकले छोरी गर्भवती भएको थाहा पाएपछि गत वर्षको मे महिनामा सो घटना सार्वजनिक भएको थियो । विरावनले सन् २०१६ देखि विद्यार्थीलाई यौन दुव्र्यबहार गरेको अदालतको फैसलामा उल्लेख छ ।
पश्चिमी जाभाको बाङडुङ सहरमा मुस्लिम बोर्डिङ स्कुल खोलेपछि उनले दुव्र्यवहारको धन्दा सुरु गरेका थिए ।













गैरकानुनी रूपमा अन्तरराष्ट्रिय कल बाइपासमा संलग्न राजवंशी पक्राउ
दक्षिण कोरियाका पूर्वराष्ट्रपति युनविरुद्ध पुनः पक्राउ पुर्जी जारी
गोरखा-२ मा एमालेबाट चक्रे मिलनसहित पाँच जनाको नाम सिफारिस
फागुन २१ मा जसरी पनि निर्वाचन हुन्छः मन्त्री खरेल
निर्वाचन ६४ दिन बाँकीः ६४ वटा राजनीतिक दलले पेस गरे समानुपातिकतर्फको बन्दसूची
राप्रपा र राप्रपा नेपालबीच पार्टी एकता
निर्माता करण श्रेष्ठ समानुपातिक उम्मेदवारको सूचीमा
पुस १६ गते बुधवारकाे राशिफल,कस्ताे रहला तपाइकाे आजकाे दिन ?
हामीले आफ्ना कमीकमजोरी पहिचान गरी सुधार्नुपर्छ : प्रचण्ड
प्रतिक्रिया