१३ छात्रालाई बलात्कार गर्ने स्कुलका मालिकलाई आजीवन कैद सजाय
काठमाडौँ । १३ छात्रालाई दुव्र्यबहार र बलात्कार गरेको अभियोगमा इन्डोनेसियाको एउटा अदालतले एउटा बोर्डिङ स्कुलका सञ्चालक तथा शिक्षकलाई जेल सजाय तोकेको छ । ११ देखि १६ वर्षका किशोरीहरुलाई बलात्कार गरेको अभियोगमा हेरी विरावनलाई अदालतले सजाय तोकेको हो ।
धार्मिक शिक्षकसमेत रहेका विरावनले सन् २०१६ देखि छात्राहरुलाई बलात्कार सुरु गरेका थिए । उनीहरुमध्ये ८ जना गर्भवती भएका थिए । उनीहरुका तर्फबाट नौ जना बालबालिका जन्मिएका थिए । कुमारी छात्राका बालबालिका जन्मिएको घटनालाई लिएर इन्डोनेसियामा ठूलो हंगामा मच्चिएको थियो ।
उनीमाथि मृत्युदण्डको सजाय माग गर्दै अभियोजनकर्ताले अदालतमा उजुरी गरेका थिए । तर, मंगलबार बाङडुङ जिल्ला अदालतका न्यायाधीशहरुको एउटा बेन्चले उनलाई आजिवन काराबासको सजाय तोकेको थियो । विरावनलाई नपुंशक बनाउनु पर्ने अभियोजकहरुको अर्को मागलाई पनि पनि बेन्चले अस्वीकार गरेको थियो ।
पीडितमध्येकी एक जनाका अभिभावकले छोरी गर्भवती भएको थाहा पाएपछि गत वर्षको मे महिनामा सो घटना सार्वजनिक भएको थियो । विरावनले सन् २०१६ देखि विद्यार्थीलाई यौन दुव्र्यबहार गरेको अदालतको फैसलामा उल्लेख छ ।
पश्चिमी जाभाको बाङडुङ सहरमा मुस्लिम बोर्डिङ स्कुल खोलेपछि उनले दुव्र्यवहारको धन्दा सुरु गरेका थिए ।















घर घरमै चिकित्सा सेवा पुर्याउँदै डा चेवन
होर्मुज स्ट्रेट खोल्न इरानलाई ट्रम्पको ४८ घण्टे अल्टिमेटम
मिथिलाञ्चलमा आजदेखि चैती छठ सुरु
राष्ट्रपतिद्वारा पानीको समान पहुँच सुनिश्चित गर्न आह्वान
चाडमा सुडानी ड्रोन आक्रमण, १७ जनाको मृत्यु
राष्ट्रिय सभा सदस्य नपाएपछि प्रधानमन्त्रीका सल्लाहकारद्वयकाे राजीनामा !
सुनचाँदीकोे मूल्य आज पनि घट्यो, कतिमा हुँदैछ काराेबार ?
चैत १३ गते प्रधानमन्त्रीको शपथ लिने बालेनको तयारी
ज्ञानेन्द्र शाही बने राप्रपा संसदीय दलको नेता
प्रतिक्रिया