संसद बैठक आज बस्दै, पाउला त एमसीसीले प्रवेश ?

काठमाडौं । पटक पटक स्थगित हुँदै धकेलिँदै आएको प्रतिनिधिसभाको बैठक आज बस्दै छ । सभामुख अग्निप्रसाद सापकोटाले दशौँ अधिवेशनको चौथो बैठक दिउँसो १ बजे बस्ने गरी निर्धारण गरेका छन् ।
नयाँ बानेश्वरस्थित संघीय संसद् भवनमा बैठक बस्नेछ । आजको बैठकलाई निक्कै चासोका साथ हेरिएको छ आजको बैठकमा नेपालमा विवादित बनेको अमेरिकी सहयोग नियोग सम्बन्धी परियोजना एमसीसी अनुमोदनका लागि टेबल हुन सक्ने अनुमान गरिएको छ । यद्यपि, संसद् सचिवालयको सम्भावित कार्यसूचीमा भने एमसीसी समावेश छैन ।
तर, प्रधानमन्त्री शेरबहादुर देउवासहितका नेताहरूले आजको बैठकमा एमसीसी टेबल हुने बताएका छन् । नेपाली कांग्रेसको हिजो बसेको संसदीय दलको बैठकमा देउवाले तत्कालीन नाफा–घाटा नहेरी एमसीसी टेबल गर्ने बताएका थिए ।
मंगलबारकै कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठकपछि सञ्चारकर्मीसँगको कुराकानीमा प्रवक्ता डा प्रकाशशरण महतले आजको बैठकमा एमसीसी टेबल हुने बताएका थिए ।
तर सरकारमै रहेको नेकपा (माओवादी केन्द्र) र एकीकृत समाजवादीले राष्टिय सहमति नभई एमसीसी अगाडी बढाउन नहुने बताईरहेको छ । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड निवासमा हिजो बसेको माओवादी शीर्ष नेताहरुको अनौपचारिक बैठकले भने एमसीसी सदनमा लैजानका लागि संसदको अवरोध पहिले हटनुपर्ने र त्यसपछि राष्टिय सहमति बनाएर मात्रै लैजानुपर्ने विषयमा पार्टीले जोड गर्ने समझदारी बनाएको छ ।
संसद् बैठकअघि सभामुख सापकोटाले विहान साढे ११ वजे कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाएका छन् । त्यसही बैठकमा एमसीसी संसदमा लैजाने या के गर्ने भन्नेमा आज छलफल पहलिे हुने देखिएको छ । संसदको कार्यब्यवस्था परामर्श समितिको बैठक अगाडी विहान १० वजे माओवादी केन्द्रले पनि आफनो संसदीय दलको बैठक बोलाएको छ ।
















मुख्यमन्त्री बानियाँमाथि निष्पक्ष छानबिनको कांग्रेसको माग
थलापति विजयका ड्राइभरका छोरा बने विधायक
गण्डकीमा कांग्रेसले बनायो प्रकाश बराललाई प्रमुख सचेतक
सरकारले समस्याग्रस्त सहकारी बचतकर्ताको बचत जेठदेखि फिर्ता गरिने
लगातार ४ दिन घटेकाे सेयर बजार आज बढ्याे
सुकुमवासीलाई चैत मसान्तभित्र व्यवस्थित बासस्थान उपलब्ध गराउन सरकारलाई रास्वपाको आग्रह
विवादपछी अमेरिकाले जर्मनीबाट पाँच हजार सेना फिर्ता गर्दै
इरानको तेल किन्ने कम्पनीहरूमाथि अमेरिकाले लगाएको प्रतिबन्ध चीनद्वरा खारेज
बालेनलाई ज्ञवालीको प्रश्न: बागमती किनारमा बगिरहेका आँशुले कसरी नेपाल हाँसिरहेको देखिन्छ?
कांग्रेसले बोलायो केन्द्रीय कार्यसम्पादन समितिको बैठक
प्रतिक्रिया